पाेखरा । गण्डकी प्रदेश सरकारले सोमवार सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
भोलि साउन १९ गते सोमबार जनैपूर्णिमाको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनैपूर्णिमाका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारले २०७६ चैत २२ गतेको प्रदेश राजपत्रमा सूचना निकालेर जनैपूर्णिमासहित इद, तमु ल्होसार, माघे संक्रान्ति र सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij