२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

उद्योग वाणिज्य महासंघको चुनाव स्थगित

उद्योग वाणिज्य महासंघको चुनाव स्थगित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित भएको छ । सरकारले महासंघको साधारणसभा गर्ने स्वीकृति दिन ढिलाई गरेको भन्दै महासंघले साउन २६ र २७ गतेका लागि घोषणा गरिएको साधारणसभा स्थगित गरेको हाे ।

महासंघको बिहीबार बसेको कार्यसमिति बैठकले मन्त्रिपरिषद्बाट स्वीकृत भएको १५ दिनभित्र साधारणसभा बोलाउनेगरी घोषित साधारणसभा स्थगित गर्ने निर्णय गरिएको  हाे ।

तर मन्त्रिपरिषद्को निर्णय अनिश्चित रहेकोले महासंघको चुनाव पनि अनिश्चित बनेको छ ।

सरकारले बिहीबारदेखि लागु हुनेगरी ४ महिनादेखिको लकडाउन अन्त्य गरेपनि हाललाई सभासमारोह तथा लामो दूरीका सवारीसाधन सञ्चालनकाे लागि अनुमति दिएकाे छैन । सोही कारणले हालसम्म सरकारले साधारणसभाको स्वीकृति नदिएको हुनसक्ने कार्यसमिति बैठकले निष्कर्ष समेत निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij