कोभिड–१९ को कारण सामाजिक दुरी कायम गरी राष्ट्रिय वाणिज्य वैंकले आज वृक्षाराेपण सम्पन्न गरेकाे छ ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालकाे स्थापना दिवसकाे अवसरमा आज वृक्षाराेपण गरिएकाे हाे । आज दरबारमार्ग परिसर कार्यालयमा संघका अध्यक्ष हेमराज सुवेदी, तालिम तथा विकास विभागका प्रमुख दीपकराज न्यौपाने र दरबारमार्ग शाखाका प्रबन्धक दिनेश न्यौपानेले पनि संयुक्त रुपमा वृक्षारोपण गरेका छन् ।
संघका अध्यक्ष हेमराज सुवेदी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका अध्यक्ष नारायणप्रसाद सुवेदी, संघका पूर्वअध्यक्ष वेतबहादुर लावतीले संयुक्त रुपमा संघको झण्डोत्तलन समेत गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल पेसागत हक, हित र संस्थाको सम्वद्र्धन गर्ने उद्देश्यले २०४७ साउन ६ गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा ठूलो र जेठो प्रतिष्ठानस्तरको ट्रेड युनियन हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij