काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित मध्ये निको हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ सय ९ जना डिस्चार्ज भएका छन् । यस सँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको हो । हालद सम्म ६९.३४ प्रतिशत निको भइसकेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १ सय ५० काेराेना संक्रमित थपिएको मंगलबारका छन् । हालसम्म नेपालमा संक्रमण हुनेहरुकाे संख्या १७ हजार ९९४ रहेको पनि जानकारी दिए ।
१२ हजार ४७७ ले कोरोना जितेसँगै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ जना रहेको पनि उनले जानकारी दिए ।
अहिले देशभरीका विभिन्न आईसोलेसनमा ५ हजार ४ सय ७७ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा १ सय ८, प्रदेश नम्बर २ मा १ हजार ९ सय १३, बागमती प्रदेशमा ४ सय २१ र गण्डकी प्रदेशमा ३ सय ८० जना संक्रमित उपचाररत रहेका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७०, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ जना संक्रमित उपचाररत रहेका छन् । क्वारेन्टिनमा २१ हजार ७ सय ४ जना रहेका छन् । पीसीआर विधिबाट मंगलबार ३ हजार ९ सय ६३ जनाको कोरोना परीक्षण भएको छ ।
यस्तै हालसम्म ७ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको छ । जसमा भोजपुर पाँचथर, संखुवासभा धनकुटा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij