२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

स्वतन्त्र पत्रकार स‌ंघको ललितपुर जिल्ला समिति पुनार्गठन

स्वतन्त्र पत्रकार स‌ंघको ललितपुर जिल्ला समिति पुनार्गठन

स्वतन्त्र पत्रकार संघ नेपालको ललितपुर जिल्ला शाखा समिति पुनर्गठन भएको छ ।
संघ जिल्लाका अध्यक्ष बद्रि बहादुर दुलालको पहलमा पुनर्गठन भएको हो ।
गत वर्ष भएको अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु निष्क्रिय रहेकाे कारण समितिका गतिविधिहरु सुुुुचारु गर्न सकिएकाे थिएन ।
साेही परिस्थितिलाइ विचार गर्दै  समिति पुनर्गठन गरि साधारण सभाबाट त्यसलाइ पारित गर्न सकिने गरी संघलाइ गतिशिल बनाउने उद्धेश्यले पुनर्गठन गर्ने कार्यमा नेपाल स्वतन्त्र पत्रकार संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष के. बि. सम्राटले मध्यस्थकर्ताकाे भूमिका निर्वाह गर्नुभएको थियाे ।
 पुनर्गठित समितिकाे अध्यक्षमा बद्रि बहादुर दुलाल, उपाध्यक्षमा जे. बि खति, सचिवमा उपश नौबाग, कोषाध्यक्षमा कृष्णराज लामिछाने चयन भएका छन् भने सदस्यहरुमा शंकर घिमिरे, प्रिया वाइवा, जे. एस. आले, नबिन थापा मगर र राजेश पन्त चयन भएको अध्यक्ष दुलालले बताउनुभएको छ ।
जिल्ला समितिको साधारण सभा आगामी श्रावणमा हुने र यहि आषाढ २९ गते भानु जयन्तीका दिन स्वतन्त्र पत्रकार संघ नेपालका उपत्यकाका पदाधिकारी भेटघाट हुने र उपत्यकाका स्वतन्त्रका पदाधिकारीहरुलाई आमन्त्रण गरिएको अध्यक्ष दुलालले बताउनुभयो .

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij