२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज आषाढ १९ गते शुक्रवारको राशिफल

आज आषाढ १९ गते शुक्रवारको राशिफल

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजकाे दिन छैटौं स्थानमा चन्द्रमा रहेका छन् । आज हजुरको उदार स्वभावको गलत फाइदा उठाउने छन्। बिशेष ख्याल राख्नु होला आज हजुरलाई मानसिक चिन्ता र उत्सुकताले सताउने छ। आजको दिन खर्चमा वृद्धि हुनेछ। आज फजुल खर्चमा नियन्त्रण राख्नुहोला। मधुर र संयमित ब‍ोलि बोल्नुहोला।बिद्यार्थीकाे लागि आजकाे दिन ठिकै छ।सामाजिक संजाल र मोबाइलमा कमैसमय खर्चिनु होला। स्वास्थ्य ठिकै रहनेछ। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ। शुभ वार मंगलवार राशि स्वामी मंगल रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला। हजुरकाे दिन शुभ हाेस।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आजकाे दिन चन्द्रमा सातौं स्थानमा रहेका छन्।आजको दिन प्रसन्नताले भरिपूर्ण हुनेछ,राम्रो समाचार सुन्नमा आउनेछ।मानसम्मानमा वृद्धि हुनेछ।मिष्ठान्न भोजन प्राप्त हुनेछ। परिवारमा र साथीभाइमा प्रेम र सद्भाव हुनेछ। सकारात्मकता बढ्नेछ।प्रियजन भेटहुनेछ। आज ब्यापारमा लाभ हुनेछ।ससुराली पक्षबाट पनि केही लाभ हुनेछ। बिद्यार्थीको लागि राम्रो रहेको छ।स्वास्थ्य राम्रो रहनेछ।प्रेम र दामप्तय जीवन राम्रो हुनेछ।शुभ रङ पहेँलो, शुभ अंक ३ शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या र राशि स्वामी शुक्र रहेको छ ।आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज चन्द्रमा आठौं स्थानमा रहेकाे छ ।आज हजुरको ब्यक्तित्वमा निखार आउने छ। आज समय र उर्जा बेकारको काममा खर्च हुनसक्छ।बिशेष ध्यान पुर्‍याउनु होला।आज कुनै किसिमको जोखिम नउठाएको राम्रो हुनेछ।आज रिसलाइ नियन्त्रणमा राख्नुहोला। वोलिमा मधुरता र काममा संयमता अपनाउनु होला। जस्ले गर्दा लडाइँ झगडा र दुर्घटनाको योग टर्ने छ।आयआर्जनमा कमि आउनेछ। विद्यार्थीको लागि आजको दिन सामान्य रहनेछ।मेहनत को अपेक्षित फल मिल्नेछैन। स्वास्थ्य आज सामान्य रहने छ।चिन्ता र तनावले सताउनेछ।दाम्पत्य जीवन सामान्य हुनेछ। व्यापार सामान्य रहनेछ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला राशि स्वामी बुध रहेको छ ।हजुरकाे दिन शुभ हाेस ।आफनाे अनि परिवारकाे ख्याल राख्नुहाेला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजकाे दिन चन्द्रमा नवौं स्थानमा रहेको छ। आजको दिन कार्य क्षेत्रमा सफलता मिलनेछ आध्यात्मिक सुख मिल्नेछ।सरकारी काम भएमा आज बन्नेछन् ।प्रोत्साहन मिल्नेछ। व्यापारमा लाभ हुनेछ,सहकर्मीको सहयोग मिल्नेछ। बिद्यार्थीक‍ो लागि आजकाे दिन राम्रो रहने छ।स्वास्थ राम्रो रहेको छ।शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजकाे दिन दसौं स्थानमा चन्द्रमा रहेको छ।।आजको दिन उत्तम रहेको छ ।आज मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ।आज भविष्यको लागि सकारात्मक योजना बन्नेछ। आज व्यपार र धनमा वृद्धि हुनेछ।बिद्यार्थीकाे लागि आज सफलताको योग बनेको छ।स्वास्थ्य स्थिति ठिकै छ। दाम्पत्य जीवन सुमधुर रहनेछ।शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज चन्द्रमा एघारौं स्थानमा रहेको छ। आजको दिन भविष्य बनाउने दिन रहेको । आजको दिन साथिभाई र भाईबहिनीको सहयोग मिल्नेछ।आज शुभयात्राको योग छ। आज व्यपारमा वृद्धि हुनेछ। परिवारमा सकारात्मकता बनिरहने छ। विद्यार्थी काे लागि राम्रो छ।स्वास्थ्य राम्रो छ।वैवाहिक सम्बन्ध राम्रो रहनेछ।शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।

‍तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आजको दिन बाह्रौं स्थानमा चन्द्रमा रहेकाे छ।आजको दिन सामाजिक कार्यमा मन लाग्नेछ। आजको दिन रोकिएका र बिग्रिएका काम बन्ने छन्।आज आज आय संगसंगै बेय्यमा पनि वृद्धि हुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापार राम्रो हुनेछ। विद्यार्थी काे लागि राम्रो छ।स्वास्थ्य राम्रो छ।वैवाहिक सम्बन्ध राम्रो रहनेछ।आज मिष्ठान भोजनको योग छ। हुनेछ। शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको दिन प्रथम स्थानमा चन्द्रमा रहेको छ।आजको दिन साथिभाइ आफ्न्तको सहयोग मिल्नेछ।पहिले गरेको कामको प्रतिफल आज मिल्नेछ।व्यापारमा लाभ हुनेछ। आज यात्राको योग पनि रहेको छ। बिद्यार्थीको लागि राम्रो छ।स्वास्थ्यको स्थिति सामान्य रहनेछ ।आज रिस ज्यदा बढ्नेछ।साना तिना समस्या आइरहने छन्।।शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

आज दोस्रो स्थानमा चन्द्रमा रहेको छ।आजको दिन सहयोगी हातको सहयोग मिल्नेछ ।आजको दिन उत्सुकताले नया काममा सफलता मिल्नेछ।आज रिसमा नियन्त्रण गर्नु होला नत्र ठुलै हानी हुनसक्छ।आफ्नो काम प्रतिको लगावले ठुल‌ै सफलता मिल्नेछ।आज व्यापारमा आय भन्दा खर्च ज्यादा हुनेछ। बिद्यार्थीकाे लागि आजको दिन राम्रो छ।आज शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

आज चन्द्रमा तेस्रो स्थानमा रहेको छ।आजको दिन कुनैपनि महत्त्वपूर्ण फैसला नगरेकै राम्रो हुनेछ।आज कामकाजमा सफलता मिल्नेछ।आजको दिन क्रोधमा नियन्त्रण राख्नु होला। बिद्यार्थीकाे लागि ठिकै छ। व्यापारमा मध्यम हुनेछ नोकरी गर्नेलाई भने राम्रो छ। परिवारसंग खट्पट् हुन सक्छ। शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज चन्द्रमा चौथो स्थानमा रहेकाे छ।आजको दिन लग्न जोस र जागरले काम गरेमा सफलताको शिखर प्राप्त गर्न सकिनेछ । आज मानसम्मानमा वृद्धि हुनेछ।आज व्यापारमा वृद्धि हुनेछ।सबै ठाउँमा आफू अनुकुलको वातावरण मिल्नेछ। बिद्यार्थीकाे लागि सामान्य रहेको छ।भाग्योदय हुनेछ।प्रेम र दाम्प्त्य जीवन राम्रो हुनेछ।शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।

मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)

आजकाे दिन चन्द्रमा पाँचौं स्थानमा रहेको छ ।आजक‍ो दिन निजी तथा कामकाजी जीवनमा सफलताको सिढी सहजै चढिने छ।आजको दिन हजुरको ब्यबहारमा सकारात्मक बदलाव आउने छ। मानसम्मानमा वृद्धि हुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि राम्रो छ। व्यापारमा राम्रो हुनेछ।स्वास्थ्य राम्रो हुनेछ।मीठो बोली बोल्नुहोला बोलिमा संयम राख्नुहोला।वादविवादमा पछि हटेको राम्रो हुनेछ।शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनुहाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।

माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना आउन् । जय शम्भु ।।

ज्याे पं विष्णु प्रसाद खनाल

https://www.facebook.com/SadhmargaAstrologyNepal/

सद्मार्ग र सदाचार जीवन जीउने आधार

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij