बुटवल– रुपन्देहीमा सलह कीराजस्तै देखिने कीराहरुको समूह देखिएको छ। शनिबार बिहान एक–दुईवटा कीराहरु देखिएको खबर सरकारी अधिकारीहरुसम्म पुगेपनि दिउँसो ठूलो संख्यामा कीराहरु उड्दै गरेको अवस्थामा देखिएको छ।
रुपन्देहीको भैरहवा र बुटवल क्षेत्र, कपिलवस्तुको वाणगंगामा पनि फट्याङ्ग्रा आकारका कीराहरु देखिएका छन्।
यी कीराहरु सलह नै हुन् या हैनन् भन्ने सरकारी स्तरबाट पुष्टि हुन सकेको छैन। प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाले सलहकै जस्तो देखिने कीरा फेला परेको जानकारी किसान र सर्वसाधारणबाट आएकोले त्यसको अनुसन्धानमा लागेको बताए।
उक्त कीरा सलह नै हाे भन्ने पुष्टि हुन भने बाँकी नै छ ।
कीराका बारेमा अध्ययन र अनुसन्धान तथा यसलाई नियन्त्रण गर्नका लागि के उपाय अपनाउने भन्नेबारे निर्णय गर्न प्रदेश ५ को कृषि मन्त्रालयमा बैठक बसिरहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij