दैलेखको नौमुले गाउँपालिकाको वडा नं. १ मा रहेको भैरव माध्यमिक विद्यालयमा निर्माण गरेको आइसोलेशनमा बसेका कोरोना ९२ जना कोरोना संक्रमित मध्ये ६३ जना रातारात भागेका छन् ।
आइसोलेशनमा अस्पतालमा सङ्क्रमितहरूका लागि खाना पकाउने भान्सेहरूले आफूहरूलाई गाउँपालिकाले सेवा सुविधा नदिएको भन्दै खाना ढिलो पकाएर दिएकाे कारण सङ्क्रमितहरू आइसोलेशन अस्पतालबाट भागेको इलाका प्रहरी कार्यालय नौमुलेले जानकारी दिएको छ ।
इलाका प्रहरी चौकी नौमुलेकै आडमा रहेको भैरव माध्यमिक विद्यालयमा रहेको आइसोलेशन अस्पतालबाट ६३ जना भाग्दा समेत प्रहरीले बिहान मात्र खबर पाएको थियो ।
भागेको ६३ जना मध्ये ५-७ जना बिहानै आइसोलेशन अस्पतालमै फिर्ता भएको र अन्यको खोजी कार्य भइरहेको बताइएकाे छ ।
नौमुले इलाका प्रहरी चौकीले समेत त्यसको कमान्ड गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरक्षण नैन बहादुर साउदको नेतृत्वमा सुरक्षा टोली पठाइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij