२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज आषाढ १० गते बुधबारको राशिफल

आज आषाढ १० गते बुधबारको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज चन्द्रमा दसौं स्थानमा रहेकाे छ । आजकाे दिन मान प्रतिष्ठामा वृद्धि हुनेछ। आज भविष्यको लागि कुनै सकारात्मक योजना बन्नेछ। आज दैनिक कार्य सफल रहनेछन्। व्यापारमा वृद्धि हुनेछ।विद्यार्थीको लागि आजको दिन बिशेष रहनेछ । स्वास्थ्य आज राम्रो रहने छ। दाम्पत्य जीवन सुखमय हुनेछ।शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ। शुभ वार मंगलवार राशि स्वामी मंगल रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला। हजुरकाे दिन शुभ हाेस्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आजकाे दिन चन्द्रमा एघारौं स्थानमा रहेको छ। आज आज सहयोगी हातहरु मिल्ने छन्। आज यात्राको योग पनि छ, जुन सुभफलदायी हुनेछ । बिद्यार्थीक‍ो लागि आजकाे दिन राम्रो रहने छ।व्यापार राम्रो हुनेछ। स्वास्थ राम्रो रहेको छ। शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या र राशि स्वामी शुक्र रहेको छ ।आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आजकाे दिन बाह्रौं स्थानमा चन्द्रमा रहेको छ। आजको दिन राम्रो रहेको छ।आज बचतमा केही वृद्धि हुनेछ व्यापारमा लाभ हुनेछ । बिद्यार्थीकाे लागि आज सफलताको योग बनेको छ। स्वास्थ्य स्थिति ठिकै छ। दाम्पत्य जीवन मधुर रहनेछ। आज समाजिक कार्यमा मन जानेछ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला राशि स्वामी बुध रहेको छ । हजुरकाे दिन शुभ हाेस । आफनाे अनि परिवारकाे ख्याल राख्नुहाेला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज चन्द्रमा पहिलो स्थानमा रहेको छ। आजको दिन पराक्रम र मिहिनेतको बलमा सफल हुनेछ। आज व्यापारमा लाभ हुनेछ।आज सुरु गरेका कार्य सफल हुनेछन्।

आज आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापार राम्रो हुनेछ। विद्यार्थी काे लागि राम्रो छ।स्वास्थ्य राम्रो छ।वैवाहिक सम्बन्ध राम्रो रहनेछ। आज मिष्ठान भोजनको योग छ।शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन दोस्रो स्थानमा चन्द्रमा रहेकाे छ।आजको दिन खर्च वृद्धि हुनेछ। स्वास्थ्य राम्रो रहने छ।आज धार्मिक कार्यमा सम्लग्न होइन्छ। व्यापारमा लाभ हुनेछ।बिद्यार्थीको लागि राम्रो छ। हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला । हजुरको दिन शुभ हाेस् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन तेस्रो स्थानमा चन्द्रमा रहेको छ। आजको दिन धेरै राम्रो रहेको छ। आज इच्छा पुरा हुने याेग रहेको छ। समग्रमा दिन राम्रो छ। आज ठूलाको आशिर्वाद मिल्नेछ। व्यापार राम्रो हुनेछ। बिद्यार्थीकाे लागि आजको दिन राम्रो छ। शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ । आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नुहाेला ।

‍तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज चौथो स्थानमा चन्द्रमा रहेको छ।आजको दिन बिग्रेका काम बन्नेछन्।आज सन्तानको लागि पनि राम्रो छ। आजको दिन क्रोधमा नियन्त्रण राख्नु होला। बिद्यार्थीकाे लागि राम्रो दिन छ।व्यापारमा वृद्धि हुनेछ।शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज चन्द्रमा पाँचौं स्थानमा रहेको छ।आजको दिन आध्यात्मिक दृष्टिले सफल रहनेछ । आज धार्मिक यात्राको योग पनि रहेको छ। आज मानसम्मानमा वृद्धि हुनेछ। आज व्यापारमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि राम्रो रहेको छ। भाग्योदय हुनेछ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ । आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

आज चन्द्रमा छैटो स्थानमा रहेकाेछ।आजक‍ो दिन हिम्मत र पराक्रम बढ्नेछ।आजको दिन उन्नतिदायक रहेको छ।मानसम्मानमा वृद्धि हुनेछ।आत्मविश्वासमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि राम्रो छ। व्यापारमा राम्रो हुनेछ।स्वास्थ्य राम्रो हुनेछ।शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

आजकाे दिन चन्द्रमा सातौँ स्थानमा रहेको छ ।आजको दिन प्रसन्नताले भरिपूर्ण रहनेछ।आज राम्रो समाचार प्राप्त हुनेछ।आज आयमा वृद्धि हुनेछ।बिद्यार्थीकाे लागि राम्रो छ। व्यापारमा लाभ हुनेछ।स्वास्थ्य राम्रो रहनेछ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनुहाेला । आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नुहाेला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आजकाे दिनआठौं स्थानमा चन्द्रमा रहेका छन्। आज व्यक्तित्व खारिने छ। आज क्रोधमा नियन्त्रण राख्नुहोला। वादविवाद बाट टाढै बसेको राम्रो हुनेछ। व्यापार सामान्य हुनेछ।बिद्यार्थीकाे लागि आजकाे दिन ठिकै छ।स्वास्थ्य स्थिति सामान्य रहनेछ। मानसिक तनाव बढ्नेछ। शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।

मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)द

आजकाे दिन चन्द्रमा नवौं स्थानमा रहेका छन्।आजको दिन राम्रो रहेको छ आध्यात्मिक सुख मिल्नेछ।बिद्यार्थीको लागि राम्रो रहेको छ।व्यापारमा वृद्धि हुनेछ।आज सहकर्मीको सहयोग मिल्नेछ। स्वास्थ्य पनि राम्रो रहनेछ।शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनु हाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।

माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस् ।

ज्याे‍ पं विष्णु प्रसाद खनाल

https://www.facebook.com/SadhmargaAstrologyNepal/

सद्मार्ग र सदाचार जीवन जीउने आधार

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij