एजेन्सी । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण तीव्र मात्रामा हुने क्रम अझै रोकिएको छैन। औषधी र भ्याक्सिन अझै बजारमा आईनसकेका कारण पनि संक्रमितको संख्या विश्वभर नियन्त्रण हुन सकेको छैन ।
भारईरसका कारण हाल सम्म ४ लाख ७० हजार ६ सय बढी मानिसहरुको मृत्यु भईसकेको छ भने ९० लाख ४५ हजार बढी संक्रमित भएका छन् । यसैगरी ४८ लाख ३८ हजार मानिस निको भएर घर फर्किएका छन् ।
हाल सम्म विश्वमा सबै भन्दा धेरै संक्रमण र मृत्यु भएको अमेरीका हो । जहाँ २३ लाख ५६ हजार बढी संक्रमित छन् भने एक लाख २२ हजार बढीको मृत्यु भएको छ ।
यसै गरी ब्राजिलमा मृतकको संख्या ५० हजार ६ सय ५९ पुगेको भने संक्रमित १० लाख ८६ हजार ९ सय ९० पुगेको छ ।
यसै गरी रुसमा ५ लाख ८४ हजार ६ सय ८० संक्रमित छन् भने ८ हजार १ सय ११ जनाको मृत्यु भएको छ ।
भारतमा ४ लाख २६ हजार ९ सय १० जना संक्रमित छन् भने १३ हजार ७ सय २ जनाको मृत्यु भएको छ ।
बेलायतमा ४२ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ भने ३ लाख ४ हजार ३ सय ३१ संक्रमित भएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij