
काठमाडाैं । यही असार २ गते मंगलबारका दिन जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (CEPHED)ले नेपाल सरकार, श्रम तथा व्यावसायजन्य सुरक्षा विभाग (DoLOS) एवं व्यावसायजन्य स्वास्थ्य तथा सुरक्षा केन्द्र (OSH Center) सँगको सहकार्य एवं संयोजकत्व तथा Asia Monitor Resource Center (AMRC)को सहयोगमा आयोजना गरिएको यस व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य र कारखाना निरीक्षण सम्बन्धि तालिम गोष्ठिमा नेपाल सरकारका विभिन्न मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, केन्द्र, विभिन्न श्रम तथा रोजगार कार्यालयहरु लगायत नेपाल स्थित संयुक्त राष्ट्र संघीय विश्व स्वास्थ्य संगठन (WHO), अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), नेपाल ट्रेड युनियन महासंघ (GEFONT), नेपाल ट्रेड युनियन काङ्ग्रेस (NTUC), नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI), नेपाल घरेलु तथा साना उद्योग महासंघ (FNCSI), ग्रील तथा स्टिल फेब्रीकेटर्स महासंघ नेपाल (FGSFN), नेपाल हस्तकला उद्योग महासंघ), विश्वविद्यालय, उद्योग, संघ संस्था तथा आम सञ्चार गृहहरु, विभिन्न कार्यालय प्रमूखहरु, उपसचिव, ईन्जिनियर्स, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकहरु, श्रम निरीक्षकहरु लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।

अनिस्चितकालिन कोभिड महामारीमा आजको विश्व श्रम, सुरक्षा, स्वास्थ्य र आर्थिक मन्दिको दुराअवस्थामा सम्पूर्ण मानव जातीको सुस्वास्थ्य तथा उच्च आर्थिक पुनरुत्थानको सुभेक्षा राख्दै आउँदा दिनहरुमा बन्दाबन्दिको सहज वा अन्त्यसँगै चलायमान हुने मानवीय, सामाजिक, आर्थिक, औद्योगिक गतिविधीलाई के कसरी सुरक्षित र स्वस्थ्य राख्नेतर्फ सम्बन्धित सबै सरोकारवालाहरु र खासगरी श्रम र उद्योगसँग सम्बन्धितमन्त्रालय, विभाग, कार्यालयहरु, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्थाहरु, औद्योगीक प्रतिष्ठानहरु, ट्रेड युनियनहरु र श्रमिकहरु स्वयम्ले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य र कोभिड महामारी रोगको दृष्टिकोणबाट अपनाउनुपर्ने पुर्वसतर्कता एवं सावधानीहरुको आवश्यकताबारे सबैमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
आजको तालिम गोष्ठिको दोश्रो लक्ष्य भनेको नेपाल लगायत दक्षिण एशियाका धेरै देशहरुमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी आवश्यक कानुनी र संस्थागत व्यवस्थाहरु र यसका कार्यान्वयनको अवस्था त्यति सन्तोसजनक नदेखिएको परिप्रेक्ष्यमा हाम्रो देशमा श्रम तथा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षण सम्बन्धी अवस्थाको स्थिति एवं अपेक्षित सुधारका विविध पक्षहरुमा छलफल गरी अझ प्रभावकारी बनाउँदै लाने प्रयास रहेको छ ।
त्यसतर्फ नेपाल सरकारले लागु गरेका नयाँ संविधान, श्रम ऐन, नियमावली, अनुदानमा आधारित सामाजिक सुरक्षा ऐन, नियमावली, औद्योगिक प्रतिष्ठान ऐन, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति, मापदण्डहरु, कार्यविधिहरु आदिले औंल्याएका श्रम एवं कारखाना निरीक्षण सम्बन्धि कानूनी तथा संस्थागत संरचनाहरुको पूर्ण गठन, आवश्यक आर्थिक श्रोत, मानव श्रोत, संरचना, संयन्त्र र अन्य साधनहरु आदिको यथेष्ट व्यवस्था, विषयगत वौद्धिक एवं अनुभव रुपमा समावेशी, सक्षम, समृद्ध र बृहत निरीक्षण र अनुगमन समितिहरुको गठनसँगै निरन्तर श्रम तथा कारखाना निरीक्षणको प्रभावकारी कार्यान्वयनको टड्कारो आवश्यकता रहेको छ । विभिन्न श्रमिक, रोजगारदाता र औद्योगिक हकहितका लागि गठित कोषहरुको न्यायोचित, पारदर्शी एवं प्रभावकारी सञ्चालन एवं कार्यान्वयनको व्यवस्था आवस्यक रहेको निष्कर्ष वैठकले निकालेको छ ।
विश्वका कैयौं मुलुकहरु जस्तै अमेरिका, जापान, कोरिया, मलेसिया, फिलिफिन्स आदि देशहरुले कोभिड १९ महामारीलाई व्यावसायजन्य रोग वा कार्यस्थलमा लाग्ने रोगको रुपमा पहिचान गरी आवस्यक क्षतिपुर्तिको व्यवस्था गरीसकेको अवस्थामा नेपालमा पनि तत् सम्बन्धी बृहत छलफल गरी कोभिड रोगलाई व्यवसायजन्य रोगको रुपमा पहिचान गरी कानूनी रुपमै सुचिकृत गर्न गराउनु जरुरी छ ।
प्रस्तुतीः भरत बुढाथाेकी
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij