२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज भारी वर्षाको सम्भावना, यस्तो छ ३ दिनको मौसम पुर्वानुमान

आज भारी वर्षाको सम्भावना, यस्तो छ ३ दिनको मौसम पुर्वानुमान

काठमाडौँ । काठमाण्डौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा हिजो राति देखि अविरल वर्षा भइरहेको छ ।

पछिल्लो ३ घन्टा यता झापा, मोरङ, सुनसरी, उदयपुर ,प्रदेश २ को अधिकांश स्थान, सिन्धुली, रामेछाप, दोलखा, मकवानपुर,चितवन काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमा|डाैं उपत्यका, धादिङ, नुवाकोट, नवलपरासी, गोरखा, लमजुङ, तनहुँ, कास्की, म्याग्दी, बागलुङ, रूपन्देही, कपिलवस्तु आसपास अधिकांश स्थानामा मध्ययम बर्षा र केहि स्थानमा भारी बर्षा भईरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक÷दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लगातार वर्षाको सम्भावना रहेको हुँदा ती क्षेत्रका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने र सडक तथा हवाई यातायात समेत प्रभावित हुने सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाले अनुरोध गरेको छ ।

असार ०२ गते (मंगलबार)

दिउँसोः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०३ गते (बुधबार)

दिउँसोः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०४ गते (बिहिबार)

दिउँसोः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, र बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij