मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ज चन्द्रमा दोस्रो स्थानमा रहेकाे छ ।आजकाे दिन नजिकको साथी र प्रेमी बाट सहयोग मिल्नेछ । आज उत्सुकताले नयाँ काम सिकाउने छ।आजको दिन रिसमा कावु राख्नु होला। आज आत्मबिश्वासमा वृद्धि हुनेछ।आज आय कम खर्च वृद्धि हुनेछ जस्ले गर्दा चिन्ता बढ्ने देखिन्छ।आज सामाजिक काममा मन जानेछ।विद्यार्थीको लागि आजको दिन राम्रो छ।स्वास्थ्यको कुरा गर्दा पुरानो रोग र मौसमी रोगले सताउन सक्छ ख्याल गर्नुहोला। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ। शुभ वार मंगलवार रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला। हजुरकाे दिन शुभ हाेस।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा तेस्रो स्थानमा रहेको छ।आजको दिन कुनै महत्त्वपूर्ण निर्णय लिन भन्दा अगाडि आफु भन्दा माथिका ब्यक्तिको राय र सल्लाह लिनुहोला।आजको दिन बोल्दा बिशेष ख्याल गरेरमात्र बोल्नु होला।बोलिको गलत अर्थ लाग्न सक्छ। आजको दिन कुनै धार्मीक कार्य हुनेछ वा कही सामेल होइन्छ ।आजको दिन व्यपार राम्रो हुनेछ । बिद्यार्थीको लागि आजकाे दिन राम्रो रहने छ। शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन चौथो स्थानमा चन्द्रमा रहेको छ। आजको दिन फसेको र रोकिएको काम बन्नेछ छ तर मिहिनेत भने कडा गर्नुपर्नेछ। व्यापार मध्यम हुनेछ। आज लगानी नगर्नु होला फस्ने छ।र्बिद्यार्थीकाे लागि आज राम्रो छ। स्वास्थ स्थिति ठिकै छ टाउको दुख्ने सम्भावना ज्यादा छ। ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।हजुरकाे दिन शुभ हाेस ।आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा पाँचौं स्थानमा रहेको छ। आज घरपरिवार र अफिस दुवै क्षेत्रमा राम्रो छ।आज यात्राको योग पनि रहेको छ। आज नकारात्मक सोच पनि आउनेछन् ख्याल राख्नु होला। व्यापारमा राम्रो हुनेछ। विद्यार्थी काे लागि राम्रो छ। शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दिन छैटौं स्थानमा चन्द्रमा रहेकाे छ।आजको दिन कुनै पनि शुभकार्य सुरुगर्दा फाइदा हुनेछ।आज याचकको सहयोग गर्दा राम्रो प्रतिफल प्राप्त हुनेछ।आज धार्मिक कार्य पनि हुनेछ। स्वास्थ्य ठिकै रहेको छ।आज वादविवाद बाट बच्नु होला। हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सातौं स्थानमा चन्द्रमा रहेको छ ।आज पारिवारिक स्थिति सुधारको काम हुनेछ।दैनिकी राम्ररी चल्नेछ। आज व्यापार राम्रो हुनेछ। बिद्यार्थीकाेलागि आजको दिन राम्रो छ,कम मेहनतमा नै राम्रो प्रतिफल प्राप्त हुनेछ।शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आठौं स्थानमा चन्द्रमा रहेको छ। आजको दिन सामाजिक महत्त्वपूर्ण कार्यमा समय खर्च हुनेछ। आज कुनैपनि कामकुरोलाइ हल्कामा नलिनु होला। आज कार्यक्षेत्रमा सफलता मिल्नेछ। बिद्यार्थीकाे लागि राम्रो दिन छ ।व्यापारमा वृद्धि हुनेछ।शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा नवौं स्थानमा रहेको छ।आजको दिन कार्य सफल हुनेछ। आज दिनभर ब्यस्त होइने छ।आज व्यापारमा वृद्धि हुनेछ । बिद्यार्थीकाे लागि राम्रो छ। आज धैर्यमा कमि आउने छ।शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा दसौं स्थानमा रहेकाेछ।आजको दिन कसैलाई ज्यादा भरोसा नगर्नु होला धोका हुन सक्छ।आज काम बन्नेछन्।आत्मविश्वासमा वृद्धि हुनेछ। आज बोल्दा एकदमै सोचेर बोल्नुहोला। बिद्यार्थीकाे लागि राम्रो छ। व्यापारमा राम्रो हुनेछ।शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा एघारौं स्थानमा रहेको छ।आजको दिन सोचेको काम पूरा हुनेछ।पारिवारिक सम्बन्धमा सुधार आउने छ।बिद्यार्थीकाे लागि राम्रो छ।बोलिमा सम्यम राख्नुहोला।व्यापारमा लाभ भन्दा खर्च बढी हुनेछ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन बाह्रौं स्थानमा चन्द्रमा रहेका छन्। आजकाे दिन हजुरको मन सामाजिक कार्यमा लाग्नेछ। आज शुभ यात्राको योग छ।आजको दिन रोकिएका कार्य बन्नेछन्। बिद्यार्थीकाे लागि आजकाे दिन राम्रो छ।व्यापार मध्यम हुनेछ। शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा प्रथम स्थानमा रहेका छन्।आजको दिन सबै बाट सहयोग मिल्नेछ।पहिले गरेको कामको प्रतिफल मिल्नेछ ।धार्मिक तथा मांगलिक कार्य हुनेछ। मानसम्मानमा वृद्धि हुनेछ।पढाइ राम्रो हुनेछ। बोलि र ब्यबहारमा संयम राख्नु होला।यात्राको योग छ।शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनु हाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना आउन ।जय शम्भु ।।