२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

पहिलो पटक कोरोना बिमाको दाबी भुक्तानी

पहिलो पटक कोरोना बिमाको दाबी भुक्तानी

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम अन्तरगत पहिलो पटक संक्रमितलाई दाबी भुक्तानी गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को समयमा आएको कोरोना बिमाको पहिलो दाबी शुक्रबार भुक्तानी भएको हो ।

कोरोना बिमा गराएका कृषि विकास बैङकका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनलाई बिमा बापतको एक लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

नेको इन्स्योरेन्सले शुक्रबार कृषि विकास बैङ्कको खातामा सो दाबी रकम भुक्तानी गरिदिएको हो । बिमा समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बिमा गर्न सकिने व्यवस्था बनाएको थियो ।

सामुहिक बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि छ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्ने र बिमाको अवधि एक वर्ष हुने व्यवस्था गरिएको थियो ।

बिमा गरेका जो कोहीलाई पनि १५ दिनपछि कोरोना ९पीसीआर परीक्षण० पोजिटिभ देखिएको अवस्थामा बिमा दाबी भुक्तानी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij