२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

सगरमाथा लुम्बिनी इन्सुरेन्सद्वारा कृषि, पशुपंक्षी र जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न 

सगरमाथा लुम्बिनी इन्सुरेन्सद्वारा कृषि, पशुपंक्षी र जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न 

  • बुधबार, माघ २१ २०८२

 

उदयपुर। २०८२ माघ १३ गते मङ्गलबारदेखि  माघ १५ गते बिहिबारसम्म सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १० स्थित होटल ओल्ड दरबारमा तीन दिने कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता कोशी प्रदेश प्रमुख नारायण गौतमले गर्नु भएको थियो भने सहजीकरण कृषि तथा पशुपंक्षी विभाग प्रमुख उमेश ढकालले गर्नुभएको थियो। कार्यक्रममा इन्सुरेन्स कम्पनीका प्रतिनिधि साथै विभिन्न जिल्लाहरूबाट सहभागीहरूले सहभागिता जनाएका थिए।

तीन दिने तालिममा १५ जना सहभागीहरूले भाग लिएर सफलतापूर्वक प्रमाणपत्र प्राप्त गरेका छन्। तालिम सञ्चालनका लागि उदयपुर गाईघाट शाखा कार्यालयका प्रमुख धनबहादुर कटुवाल जिम्मेवारीमा रहेका थिए।

सगरमाथा लुम्बिनी इन्सुरेन्सले तालिमपछि अभिकर्ताहरू कृषकहरूको क्षेत्रमा गएर अधिकतम सुरक्षण प्रदान गर्ने र कृषि बीमाको दायरा बढाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij