२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

ग्यास व्यवसायी र कर्मचारीहरूकाे काेराेना परीक्षण गर्न सरकारसँग माग

ग्यास व्यवसायी र कर्मचारीहरूकाे काेराेना परीक्षण गर्न सरकारसँग माग

ग्यास बिक्रेता महासंघ नेपालले कठिन परिस्थितिमा व्यवसाय सञ्चालन कार्य जाेखिमपूर्ण रहेकाे भन्दै राज्यले केही विशेष व्यवस्था गरी ढुक्कसँग काराेवार गर्न सक्ने वातावरण तयार गराउन आग्रह गरेकाे छ ।

महासंघका अध्यक्ष महेश्वर कुमार श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै काेराेना परीक्षण सहज रूपमा उपलब्ध हुनुपर्ने र डिलर सञ्चालक र ग्यास विक्रीवितरण तथा डेलिभरीमा खटिने कर्मचारीकाे अनिवार्य वीमा गरिनुपर्ने माग गरेका छन् ।

यसकाे साथै काराेबार निकै नै घटेर ग्यासबाट आत्मनिर्भर हुन नसक्ने अवस्था सृजना भएकाे भन्दै काराेबार पूर्ण रूपमा सहज नहुने बेला सम्म व्यवसायीहरुलाइ थप ५ प्रतिशत कमिसन व्यवस्था गर्नुपर्ने माग समेत गरेका छन् ।

पछिल्लाे समय फलामजन्य वस्तुमा काेराेना लामाे समय रहन सक्ने तथ्यले व्यवसायीहरूमा त्रास सिर्जना भएकाे समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij