२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज ज्येष्ठ २१ गते बुधबारकाे राशिफल

आज ज्येष्ठ २१ गते बुधबारकाे राशिफल

?मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा सातौं स्थानमा रहेकाे छ । आजकाे दिन चुनौतीपूर्ण रहेकोे छ ।आज नकारात्मक सोच आउने छ । बोलिमा संयम राख्नु होला । भगवान र आफूभन्दा ठुलाको आशिर्बाद लिएर काम गर्दा राम्रो हुनेछ । बिद्यार्थीकाे लागि राम्रो छ । शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ ।शुभ वार मंगलवार रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला । हजुरकाे दिन शुभ हाेस् ।
?वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा आठौं स्थानमा रहेको छ । आज प्रायः सबै आयामबाट राम्रो छ । आज हजुरको सहकर्मी प्रतिद्वन्दी हुने योग छ । आज व्यापारमा वृद्धि हुनेछ । बिद्यार्थीका लागि आजकाे दिन ठिकै रहेकाे छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । अति आवश्यक परे मात्र यात्रा गर्नु हाेला,आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।
?मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन नवौं स्थानमा चन्द्रमा रहेको छ । आज हजुरको प्रस्तुतीकरण राम्रो हुनेछ। आज फसेको धन उठ्नेछ। विद्यार्थीकाे लागि मिहिनेतकोफल मिल्नेछ।स्वास्थ स्थिति राम्रो छ ।आज नया जिम्मेवारी मिल्नेछ । शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ । सकेसम्म घरबाहिर ननिस्कनु हाेला । हजुरकाे दिन शुभ हाेस ।आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।

?कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा दशैां स्थानमा रहेको छ। आज कार्यक्षेत्रमा सम्मान प्राप्त हुनेछ।आज प्रतिद्वन्दी परास्त हुनेछन् । आज बाेल्दा निकै ख्याल गरेर बाेल्नु हाेला।बिद्यार्थी काे लागि मध्यम छ।भगवान प्रति आस्था बढ्नेछ।शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् । आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला । घरमै बस्नु हाेला ।

?सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
। आज दिन एघारौं स्थानमा चन्द्रमा रहेकाे छ।आज पहिला गरेकोे कार्यको प्रतिफल प्राप्त हुनेछ।आज बोलिको कला र कार्यकौसलले ब्यपारमा वृद्धि हुनेछ। सवारी साधन चलाउदा बिशेष ख्याल गर्नुहाेल । बिद्यार्थीकाे लागि मिहिनेतकाे फल मिल्नेछ । स्वास्थ्य राम्रो रहेको छ। हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् । आज सरसफाइमा ध्यान दिनुहाेला । हजुरको दिन शुभ हाेस् ।

?कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज बाह्रौं स्थानमा चन्द्रमा रहेको छ । ।आज आफुभन्दा ठूलासंग संबन्ध बिग्रन सक्छ।आज राेकिएका काम बन्नेछन् ।आज ब्यपारमा हानि हुनेछ।बिद्यार्थीकाेलागि आज मध्यम दिन छ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।

‍⚖️तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तुला राशिको चन्द्रमा प्रथम स्थानमा बिराजमान छ ।आज भाग्यले साथ दिनेछ। आज दाजुभाइकाे सहयाेग मिल्ने छ ।आज अगाडि गरेकाे कामकाे प्रतिफल मिल्नेछ ।बिद्यार्थीकाे लागि सफलताको दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
?वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा द्वितिय स्थान मा रहेको छ ।आज रिस बढी हुनेछ । आज आय भन्दा ब्यय बढी हुने छ ।आज नकारातमक साेच बढ्नेछ।बिद्यार्थीकाे लागि राम्रो छ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ । आजकाे दिन शुभ हाेस् ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
?धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा तृतीय स्थानमा रहेकाेछ ।ब्यपारमा वृद्धि हुनेछ ।मानसम्मानमा वृद्धि हुनेछ । भाइबहिनीकाे सहयोग मिल्नेछ। बिद्यार्थीकाे लागि राम्रो छ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस् ।

?मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा चतूर्थ स्थानमा रहेको छ।आज साथीहरू संग झगडा हुन सक्नेछ बिशेष ख्याल गरेर व्यवहार गर्नुहोला।आज आर्थिक स्थिति बढ्नेछ । बिद्यार्थीकाे लागि राम्रो छ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।
?कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन पञ्चम् स्थानमा चन्द्रमा रहेका छन् । आजकाे दिन मध्यम खालको छ।आज भौतिक सुख सुबिधामा वृद्धि हुनेछ।मानसिक तनाव बढ्नेछ । बिद्यार्थीकाे लागि आजकाे दिन ठिकै छ। बाेल्दा बिचार पुर्याएर मात्र बाेल्नु हाेला ।शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।
?मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा छैटौं स्थानमा रहेका छन्। आज कार्यक्षेत्र परिवर्तनको मन लाग्नेछ। आज कुनै पनि कार्यमा सफलता मिल्नेछ ।बोलिको प्रभावले कार्यमा सफलता मिल्नेछ । पढाइ राम्रो हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनुहाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।

माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस् । मनमा शिव (कल्याणकारी ) भावना आउन । जय शम्भु ।।
ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल
https://www.facebook.com/SadhmargaAstrologyNepal/

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij