२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेपाल भ्यालुयर्स एसाेसिएसनले भर्चुअल वैठक आयाेजना गर्दै

नेपाल भ्यालुयर्स एसाेसिएसनले भर्चुअल वैठक आयाेजना गर्दै

नेपाल भ्यालुयर्स एसोसिएसनले कोरोना भाइरस (कोभिड–१९)ले धितो मूल्यांकन क्षेत्रमा पार्ने प्रभाव र न्यूनीकरण सम्बन्धी डिजिटल प्लेटफर्मबाट भर्चुअल छलफल कार्यक्रम आयोजना गर्ने भएको छ ।

उक्त छलफल साेमबार दिउँसो साढे २ बजे आयोजना गर्न लागिएको छ ।

उक्त छलफल नेपाल भ्यालुयर्स एसोसिएसनका अध्यक्ष ई. ऋषि कोइरालाको सभापतित्वमा शुरु हुनेछ ।

उक्त छलफलमा नेपाल बैंकर एसोसिएसनका अध्यक्ष भुवन दाहाल, डेभलपमेन्ट बैंकर एसोसिएसनका अध्यक्ष गोविन्द प्रसाद ढकाल, नेपाल फाइनान्स कम्पनी एसोसिएसनका अध्यक्ष सरोजकाजी तुलाधर, धितो मूल्यांकन विज्ञ देवेन्द्र कुमार श्रेष्ठ, आइक्यानका अध्यक्ष कृष्ण आचार्य, अर्थविद् अनलराज भट्टराई, अधिवक्ता ईं नारायण कोइराला र नेपाल भ्यालुयर्स एसोसिएसनका केन्द्रीय सचिव ई. दिनेश पाठक छलफलमा सहभागि हुने कार्यक्रम छ ।

उक्त कार्यक्रमबाट सम्पूर्ण धितो मूल्यांकनकर्ताहरुलाई आगामी रणनीति तय गर्न र लकडाउन तथा कोरोना संकटले समस्यामा परेको धितो मूल्यांकन क्षेत्रलाई पुनः गति दिने कार्यमा विशेष सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उक्त छलफल जुम एप्सबाट संचालन हुनेछ ।

कार्यक्रमकाे सहजकर्ता इ‍‍ दिनेश कुमार पाठक रहनुहुनेछ । कार्यक्रममा करिब ४ सय सहभागि रहने बताइएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij