२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कोरोनाका कारण विश्वभर ३ लाख ५६ हजार बढीको मृत्यु, अमेरीकामा मात्रै एक लाख नाघ्यो

कोरोनाका कारण विश्वभर ३ लाख ५६ हजार बढीको मृत्यु, अमेरीकामा मात्रै एक लाख नाघ्यो

एजेन्सी । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कहर अझै रोकिएको छैन । हाल सम्म विश्वमा कोरोना कारण मृतकको संख्या ३ लाख ५६ हजार ८ सय बढी पुगेको छ भने संक्रमितको संख्या ५७ लाख ८१ हजार पुगेको छ । यसै गरी निको हुनेको संख्या २४ लाख ९२ हजार पुगेको छ ।

विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख पार भएको छ । त्याहाँ मृतकको संख्या एक लाख ३ हजार नाघेको छ । त्यहाँ संक्रमित १७ लाख ४५ हजार पुगेको छ । यसै गरी ब्राजिलमा कुल मृत्यु २५ हजार ५ सय ९८ छ भने संक्रमित ४ लाख ११ हजार ८ सय २१ छ ।

यसै गरी रुसमा ३ लाख ७० हजार ६ सय ८० स।क्रमित छन् भने ३ हजार ९ सय ६८ जनाको मृत्यु भएको छ । स्पेनमा कुल २ लाख ८३ हजार बढी संक्रमित छन् भने २७ हजार १ सय १८ जनाको मृत्यु भएको छ । स्पेनमा हाल सम्मकै सबै भन्दा कम २४ घण्टामा एक जना मात्र मान्छेको मृत्यु भएको छ ।
बेलायतमा ३७ हजार ४ सय ६० जनाको मृत्यु भएको छ भने २ लाख ६७ हजार २ सय ४० जना संक्रमित छन् ।

ईटालीमा ३३ हजार ७२ जनाको मृत्यु भएको छ भने २ लाख ३१ हजार १ सय ३९ जना संक्रमित छन् । फ्रान्समा एक लाख ८२ हजार ९ सय १३ संक्रमित छन् भने २८ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ ।

जर्मनीमा एक लाख ८१ हजार ८ सय ९५ संक्रमित छन् भने ८ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ । टर्कीमा एक लाख ५९ हजार ७ सय ९७ जना संक्रमित छन् भने ४ हजार ४ सय ३१ जनाको मृत्यु भएको छ ।

भारतमा एक लाख ५८ हजार ८६ जना संक्रमित छन् भने ४ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij