२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लकडाउनमा थप कष्टकर बन्दै शहरी गृहिणीको दैनिकी

लकडाउनमा थप कष्टकर बन्दै शहरी गृहिणीको दैनिकी

sirjana ghimire

सृजना घिमिरे

बाहिर लकडाउन छ, संसार बन्द छ, कार्यालयहरु बन्द छन् । सरकारी वा निजी अर्थात सबै प्रकारका संस्थामा कार्यरत कर्मचारीहरुलाइ प्रायसः बिदा छ । कबेल अत्यावश्यक सेवा पनि सिमित कर्मचारीहरुको माध्यमबाट संचालन गरिएको छ,जसको अर्थ हुन्छ पालो मिलाएर कार्यालय जाने । तर बिहान उठेदेखि बेलुकि सूत्ने बेलासम्म घरधन्दामै खटिनुपर्ने हामी गृहिणीको जिवनशैलिमा लकडाउनले कुनै परिवर्तन ल्याएको छैन ।

शहरी क्षेत्रमा बिहान सबेरै उठेर आफ्नो नित्यकर्म पूरा गरी घरका ससदस्यहरुलाई ओछ्यानमै पानी, चिया, र नास्ता पुर्याउने कार्यमा हामी गृहणीलाई लकडाउनले कुनै प्रभाव पारेको छैन । खाना पकाउने, भाँडा माझने, लुगा धुने घर सफा गर्ने, बालबच्चाको हेरचाह गर्ने, बिद्यालयमा पुर्याउने र ल्याउने, गृहर्काय गराउने, सासु ससुराको रेखदेख र खानपिनमा ध्यान पुर्याउने तथा घरमा आउने मान्यजन प्रतिको आदर सद्भाब र सत्कारमा हामी गृहिणीको दिनचर्या चलेको थियो । लकडाउको समयमा पनि घरको काम घटेको त छैन नै बरु थप बोझ पनि थपिएको छ । सामान्य दिनमा स्कूलमा जाने बालबच्चा अहिले घरमै छन्, तिनीहरुलाइ पढाउन अनलाइन कक्षामा भाग लिनेदेखि हरेक घण्टामा उनीहरुको भोक मेटाउन हामी जुट्नैपर्ने हुन्छ । आ–आफ्नो काममा ब्यस्त रहेका परिवारका अन्य सदस्यहरु यति बेला चौबिसै घन्टा घरमा टि.भि., मोबाइल, र बिभिन्न खेलकुदहरुमा समय बिताएका छन् भने उनिहरुको सेवामा सैनिकसरह चौबिसै घण्टा ध्यान पुर्याउनुपर्ने बाध्यता अहिले हामीमाथि थपिएको छ ।

घरकी एक गृहिणी परिवारको खुसीको लागि दिनरात काममा खटिरहँदा उसका इच्छा र चाहनाहरुलाई कसैले सम्बोधन गरेजस्तो देखिँदैन । मनमा दबिएका आकांक्षाहरुलाइ बेवास्ता गरी परिवारमा दियो बाल्न मायाको विशाल हृदय बिचमा पूmल फक्राउने सधैँ अचानो बनेर पिडाको बोध भएर पनि हाँसेर परिवारलाई न्यानो काखमा राखि आदर्श व्यक्तिको रुपमा चिनाउने गृहिणी आफ्नो परिवारको सेवा गर्न कहिल्यै पनि पछि परेका छैनन् । तथापि लकडाउनले फुर्सदिलो बनाएका परिवारका अन्य सदस्यले उनीहरुलाई राहत होइन आहत पु–याएको आभाष हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij