काठमाडौं । मुलुकमा सञ्चालित २७ ‘क’ वर्गका (वाणिज्य) बैंकहरु मध्ये अधिकांश बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात ६ महिनाको तुलनामा तेस्रो त्रैमास अर्थात ९ महिनामा बैंकहरुले बेस रेट घटाएका हुन् ।
पुस मसान्तसम्म ९.४९ प्रतिशत रहेको बेस रेट चैत मसान्तसम्म आइपुग्दा ०.१२ प्रतिशतले घटेर ९.३७ प्रतिशतमा झरेको छ । ब्याजदर कायम गर्ने आधार दर घटेकाले अब ऋणको ब्याजदर पनि सस्तिएको छ । बेस रेट सबै भन्दा कम हुनेमा सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक देखिएको छ भने बेस रेट धेरै बढी हुनेमा सिभिल बैंक देखिएको छ । यसको अर्थ कर्जाको ब्याजदर राष्ट्रिय वाणिज्य बैंकमा अन्य बैंकको तुलनामा सस्तो पर्नेछ भने सिभिल बैंकमा सबैभन्दा महंगो पर्नेछ ।
अधिकांशको बेस रेट घट्दा राष्ट्रिय बाणिज्य बैंकको केही बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ६.६० प्रतिशत रहेको यस बैंकको बेस रेट ९ महिनामा बढेर ६.७२ प्रतिशत पुगेको छ । यद्यपि, सबैभन्दा कम बेस रेट भएको बैंक यही हो ।
म बेस रेट हुने दोस्रो नम्बरमा स्टाण्डर्ड चार्टर्ड बैंक देखिएको छ । यस बैंकको बेस रेट केही सुधार समेत भएको छ । पुस मसान्तसम्म ७.३३ प्रतिशत रहेको स्टाण्डर्ड चार्टर्डको बेस रेट चैत मसान्तमा घटेर ७.२७ मा झरेको छ ।
यसैगरी तेस्रो नम्बरमा नेपाल बैंक ७.४९, चौथौ नम्बरमा नविल बैंक ७.८२ र पाँचौ नम्बरमा एभरेष्ट बैंकको ८.३४ प्रतिशत रहेको छ । यी तीन वटै बैंकले बेस रेटमा सुधार गरेका छन् । यी बैंकहरुको पुस यी मसान्तसम्म क्रमशः ७.८२, ८.१० र ८.४६ प्रतिशत थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij