काठमाडौँ- नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५८४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जनामा संक्रमण पुष्टि भएको बताउनुभएकाे छ । उहाँका अनुसार सेती अस्पतालको प्रयोगशालामा कैलालीका ४ जना संक्रमित पुष्टि भएकाे हाे ।
यसैगरी २० वर्षका २ पुरुषसहित चार पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो। उनीहरुमा चारैजनामा आरडिटी पोजेटिभ भएपछि पीसीआर गर्दा पनि पोजेटिभ देखिएको हो। त्यस्तै सुर्खेतमा २ जना पुरुष र १ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
कोशी अस्पतालमा झापाका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। यसरी नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको टेस्टमा नरैनापुरका २७ जनामा संकर्मण पुष्टि भएको छ। यसकाे अलावा बर्दिया बडैयाताल ७ का १ जना पुरुषमा समेत संक्रमण पुष्टि भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij