सर्लाहिको लालबन्दी नगरपालिकाले १५० वेडको सुविधा सम्पन्न क्वारेनटाइन स्थल निर्माण गरेको छ . लालबन्दीको नवलपुर स्थित कृषि सामाग्री भवनलाइ क्वारेन्टाइन स्थलका रुपमा व्यवस्थापन गरिएको नगर उपप्रमुख शान्ति लामाले जानकारी दिनुभयो ।
उक्त क्वारेन्टाइन स्थलमा नगरपालिकाले मानिसहरुको सुविधा तथा मनोरंजनका लागि टिभी, निशुल्क इन्टरनेट, शुद्ध पिउने पानी, फ्यान, स्वस्थ खाना, नियमित सरसफाई, सफा शौचालयको प्रबन्ध गरेको छ भने सुरक्षाका निम्ति क्वारेन्टाइन स्थलमा सिसि क्यामेरा जडान गरिएको छ ।
साथै सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको समेत निगरानी रहनेछ ।
शान्त, एकान्त र हरियाली वातावरणमा अवस्थीत भएकाले क्वारेन्टाइन स्थलमा बस्ने मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा यसबाट सकारात्मक प्रभाव पर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
“हालसम्म उक्त क्वारेन्टाइन स्थलमा विभिन्न छिमेकी जिल्ला र भारतबाट आएका गरी ९ जना नगरपालिकाका व्यक्तिहरु रहेका छन् ।
क्वारेन्टाइनमा राखिएका सबैजनाको RDT टेस्ट गरिने र आवश्यक परेको खण्डमा अन्य टेस्ट पनि गरिनेछ ।
नगरवासीको स्वास्थ सुरक्षाको विषयमा लालबन्दी नगरपालिका संबेदनशिल छ र तदारुकता साथ काममा लागिरहेको छ”, उपप्रमुख लामाले बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij