२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

विदेशमा मृत्यु भएका नेपालीको शव व्यवस्थापनमा समस्या, कुन देशमा कति ? (तथ्याङ्कसहित)

विदेशमा मृत्यु भएका नेपालीको शव व्यवस्थापनमा समस्या, कुन देशमा कति ? (तथ्याङ्कसहित)

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा मृत्यु भएका नेपालीहरुको अन्त्येष्टि सम्बन्धित देशमै गरिने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएकाे छ । एक सूचना जारी गर्दै बाेर्डले उक्त जानकारी दिएको हो ।

मृतक श्रमिकका ५८ परिवारले सम्बन्धित मुलुकमा नै शव अन्त्येष्टि गर्न सहमति प्रदान गरिसकेको बोर्डले जनाएको छ ।

विश्वभर कोरोना महामारी फैलिएसँगै खाडीका विभिन्न देश लगायत अन्य मुलुकमा वैदेशिक रोजगारका क्रममा मृत्यु भएका २०७ जनाको शवमध्ये ५८ जनाको अन्त्येष्टि सम्बन्धित देशमै गरिएपनि लकडाउनका कारण १४९ जनाको शव सम्बन्धित मुलुकमा नै अलपत्र छन्  । जसमा १९५ पुरुष र १२ जना महिलाहरु रहेका छन्  ।

तीमध्ये १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ । कोरानाबाट युएईमा ५ जना, साउदीमा ३, कतारमा १ र टर्कीमा १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij