काठमाडौँको टोखा नगरपालिकामा आर डि टि विधिबाट गरिएको कोरोना परिक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
बुधबार नगरपालिकाका विभिन्न चार स्थानमा ५०३ जनाको आरडिटि विधि मार्फत परिक्षण गरिएकोमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी दिए ।
आजै २९३ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको र उक्त स्याम्पल टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको अधिकारीले बताए ।
आर डि डि पोजेटिभ देखिएकालाई नगरपालिकाकै क्वारेनटाईनमा राखिएको साथै उनीहरुको पि सि आर परिक्षणको लागि नमुना समेत पठाईसकेको उनले जानकारी दिए ।
उक्त नगरपालिकामा कोरोना नमुना परिक्षणको लागि ग्राण्डी इन्टरनेस्नल अस्पताल, ईशान बाल तथा महिला अस्पताल, ग्रिन सिटी अस्पताल र विनायक अस्पतालले सहयोग गरेका थिए
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij