
क्षितिज”भूपति” कौडिल्य
हालको अवस्थामा करोनाको बढ्दो संक्रमण रोक्न अथवा फैलन नदिन अब सरकारले अन्य सबै मुद्धाहरुलाई आफ्नो तरिकाले समाधान गर्दै Covid-19 लाई बिशेष प्राथमिकताका साथ अबिलम्ब काम गर्नुपर्नेछ। किनकी यसले भविष्यमा हुन सक्ने आर्थिक उतारलाई ध्यानमा राख्नु आवश्यक छ । त्यो स्थिति आजको Covid-19 को भन्दा ज्यादै गम्भीर परिस्तिथि उत्तपन्न हुन सक्छ । यसकारण पनि यो जरूरी छ । यसकाे लागि निम्न प्रयाशहरु गर्न सकिन्छ ।
१-नेपाल अधिराज्यका ३०%चिकित्सकहरु (रजिस्टर्ड चिकित्सक, स्वदेश एवं विदेशमा अध्यनरत विद्यार्थीहरुलाइ शर्त एबं सुबिधा सहित) नेपाल सरकारले तोकेको संक्रमित क्षेत्र एवं रेड जोन क्षेत्रहरुमा सुरक्षित, प्रयाप्त,औषधि, उपकरण, आदिका साथ अनिवार्य खटाउनुपर्छ ।
(नेपाल अधिराज्यका ३५० भन्दा बढी हस्पिटलका डाक्टरहरु मध्ये २५% डक्टरहरु एवं (लगभग ३० हजार मध्ये हाल रहेका डाक्टर १८/२० हजार मात्र छन् ।)
उपलब्ध डाक्टर एबं अध्यनरत विध्यार्थीहरु मध्ये कम्तीमा ३०% अनिवार्य सेवामा खटाएर सेवा प्रदान गर्ने |
२-खाद्यान्ननको ब्यवस्थापनमा सजकता अपनाउने
वडास्तरमा नागरिकहरुको लगत लिएर नागरिकहरुको बर्गिकरण यस आधारमा गर्ने यो कार्य गर्न धेरै समय लाग्दैन यसका लागि ; स्थानीय संरक्षक टोली:-{सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय निकाय, जनप्रतिनिधि, राजनैतिक कार्यकर्ता सबैको समन्वयमा टोल, गाउँ स्तरमा नागरिकहरुको टोली (स्थानीय संरक्षक टोली)}:- द्वारा निम्न अनुसारको लगत तयार गरी परिचालन गर्ने हो भने रेडजोन को तथ्यांक निकाल्न ४/५ दिन लाग्छ |
निम्न वर्गलाइ खाद्यान्न वितवरण गर्दा सही उपयाेग हुन सक्छ ।
क)-अति निम्न बर्ग:- काम गर्न नसक्ने,अशक्त,आश्रित, |
ख)-निम्न बर्ग:-दैनिक ज्यालादारी; ‘हुदा खाने’;फुटपाथको व्यापार;ठेलामा ब्यापार; गर्ने, |
ग)-बाहिर सहर जिल्ला, प्रदेशबाट आएर दैनिक ज्यालादारी वा फुटपाथको व्यापार ठेलामा ब्यापार गर्ने लगायत |
घ)-बाहिरबाट आएर काम गर्ने तर गाउँघरमा जग्गा, खेतबारी भएकाहरु, जो आफ्नो स्थानमा जान चाहन्छन् उनीहरुको प्रारम्भिक स्वास्थ्य परिक्षण गरी स्थानीय संरक्षक टोलीको रोहवरमा सुरक्षित गन्तब्यस्थान सम्म पुर्याउने व्यस्था गर्ने |
३-सुरक्षित कोरेन्टीनको ब्यवस्था गर्ने
बाहिरबाट आएकाहरुलाई परिक्षण गरी आवश्यकता अनुसार घरको कोरेन्टीनमा राख्ने हो कि सुरक्षित कोरेन्टीन (सरकारले तयार गरेको जहाँ खाने,पिउने स्वच्छ पानी, चर्पी, ओड्ने-ओच्छ्याउने लुगाहरु WHO को मापदण्ड अनुसार छन्) त्यहाँ राख्ने हो त्यसको निर्णय खटिएका स्वास्थ्य कर्मचारी (डाक्टर, नर्श)हरुले गर्नेछन् |
४-सरकारले निर्धारण क्षेत्रको जनसंख्याको पुर्णरुपमा परिक्षण गर्ने
अरु थप केहि नगरेपनि यति मात्र गर्न सकियो भने covid-19 पूर्ण रुपले नियन्त्रणमा रहन सक्छ | अहिले तत्काल हामीले एक क्षेत्रमा गर्न सक्ने यो बाहेक अर्को के हुन सक्छ होला र ?”
क)- संक्रमित संख्या
ख)-यात्राविवरण
ग)-नागरिकहरुको छनौट
यसका लागि : जनसख्याको आधारमा दैनिक परिक्षणको संख्या निर्धारण गर्ने |
निर्धारित क्षेत्रमा रहेका सबै नागरिकहरुको स्वस्थ्य परिक्षण दैनिक संख्यामा निश्चित हाल रेड जोनमा परेका ३० जिल्लाहरुमा (नेपाल सरकारको मोबाइल एप्सक आधारमा);-
१७४ नपा/उपमनपा र वडाहरु २१११ छन् |
१७४ नपा/उपनपामा भएका स्वास्थ्य चौकी, हस्पिटलबाट पुग्न नसके स्वास्थ्य कर्मचारीहरुको व्यवस्था १+२+१+१ को अनुपातमा (१डाक्टर, २ स्वास्थ्य सहायक, १ नर्स, १ पिउन) जनघनत्व हेरी व्यवस्था गर्ने | १७४ नगरपालिका/उपमहानगरपालिकाहरुमा भएका डाक्टरहरु मध्य स्थानीय तहमा व्यवस्थापन गर्ने |
१८० गाउँपालिकामा ११७८ वडाहरु छन्|
(स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य भत्ता, सुरक्षित पोशाक, २५ लाखको जीवनबिमा सहित उपयोगी परिक्षण सामाग्री उपलब्ध गराउने) १८० गाउँपालिकाका ११७८ वडाहरुमा १८० डाक्टर र ३६० सहायक +१८० नर्सहरुको व्यवस्था गर्ने | एक केन्द्रमा १ डाक्टर,२ स्वास्थ्य सहायक, १ नर्स र १ पिउन यो सबमा सरकारलाई अतिरिक्त खर्च मध्ये covid-१९ मा लाग्ने परिक्षण, कर्मचारीलाई पोशाक, उपकरण मात्र लाग्नेछ|
हामीले यो पनि हेर्नुपर्छ कि कसरी सिंगापुर, दक्षिण कोरिया, जापान, न्यूजीलैंड, चीन आदि मित्रराष्ट्रहरुले अपनाएको बिधीहरु हाम्राे लागि पनि प्रभावकारी हुन सक्छन् । यसको अवलोकन/अध्ययन गर्ने हो भने हामीलाइ परिस्थिति नियन्त्रणमा लिन ठूलेा सहयाेग पुग्नेछ । ती देशहरुमा सबैले सबै स्थानमा एकै पटक हात हालेका थिएनन् |
मित्र राष्ट्र चिनले बुहानमा सबै भन्दा बढ़ी जोखिम क्षेत्रको पहिचान गरी – त्यस भित्र संक्रमितको पहिचान गरी तुरुंन्तै बिशेष कोरेन्टीनमा राखियो । बाँकी रहेकाहरु मध्येबाट सम्भावित हुन सक्ने रोगिहरुलाई बेग्लै कोरेन्टीनमा राखियो ।यसरी छनौट गरियो | यसपछि स्वस्थ नागरिकलाई ख्याल राख्न संक्रमित हुनबाट जोगाउन पूर्ण लकडाउनमा (कर्फ्यू सरह आ-आफ्नो घर भित्र) राखी नागरिकहरुको आवश्यकता (खाद्दान्न, औषधि आदि) लाई online सेवा द्वारा प्रदान गरियो । उता संक्रमितहरुको उपचारलाई निरन्तरता दिईयो र सम्भावितहरुलाई संक्रमित हुनबाट जोगाउन साधन श्रोत परिचालन गरियो । नेपालमा पनि गर्नु पर्ने यहि हो । अझै पनि केहि बिग्रेकोको छैन । शुरू गरौं । यसरी संक्रमित ५ % भन्दा बढ़ी र सम्भावित २५ % एबं स्वस्थ्य ७० % हुन्छन् ।
हामी र हाम्रा बुद्धिजिबी,विद्वानहरुले छिटो गर्नुपर्यो । तर कसरी ? सबैको एकैपटक र बृहत रूपमा गर्नुपर्छ भनी रहे, सरकारले पनि यही अनुरुप जान खोज्यो तर सफलता हात लागेन। अब बल्ल ३ क्षेत्र रातो, पहेंलो, हरियोमा विभाजित गरिसकेको अवस्थामा साधन श्रोतको परिचालन सही तरिकाले हुन सकेन |
अब गर्ने भनेकै जनघनत्व, रेडजोन भित्र अति जोखिम क्षेत्रको पहिचान गरी सबै जनशक्तिलाई त्यहाँ परिचालन गर्न सम्भव हुन्छ | प्रतिशतको आधारमा पूर्ण सम्भव छ । मलाई यस्तो लाग्छ । कान्तिपुरको सम्पादकीयको आशय पनि यस्तै हुनुपर्छ ।
र मैले थपें – हामी covid-19 लाई अवसरको रुपमा प्रयोग गर्न पनि सकाैं | कसरी त salud-hombres.com?
सबै थप सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपा
यसबाट यी क्षेत्रहरुमा उत्पादित बस्तुले बजार पाउन सक्यो भने त्यहाँ आर्थिक क्रियाकलाप भएर जसले किनेर खान सक्छ उसलाइ गर्नुपर्ने खर्च राज्यले गर्नु पर्दैन | याे समय कृषी खेतिपातिको समय हो, कृषकलाई बिउ, मल खाद्यान्न आदिको पनि व्यवस्था सरकारले आर्थिक लगानी, राहत होइन मात्र ति सबै बस्तुहरुको सुलभ, सुपथ तरिकाले समयमा उपलब्ध गराउने व्यवस्था मात्र गरिदिनु पर्छ |
सरकारले श्रमलाइ अलिकति हौस्यायाे र सहुलियत रुपमा किन्न सक्ने गरी अवसर प्रदान गरी दिने मात्र हो|
त्यो सानो रुपमा अथवा प्रारम्भिक आधारमा उपलब्ध गराउन सकिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij