काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुलाई नीति तथा कार्यक्रम र बजेटका पक्षमा दृढतापूर्वक उभिन लिखित निर्देशन दिएका छन् ।
संघीय संसदको दुवै सदनको बैठक सुरु हुनुअघि शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, प्रतिनिधिसभामा दलका प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभामा दलका नेता दीननाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराईसहित बैठक बसेर आफ्नो पार्टीका सांसदहरुलाई लिखित निर्देशन जारी गरेका हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij