२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज २०७७ साल वैशाख २६गते शुक्रबारकाे नेपाली पात्राे (घडी पला र साइतहरु सहित)

आज २०७७ साल वैशाख २६गते शुक्रबारकाे नेपाली पात्राे (घडी पला र साइतहरु सहित)

आज २०७७ साल वैशाख २६गते शुक्रबार तदअनुसार मे ०८ २०२० ।

शाके संवत् १९४२ । प्रमादी (४७) नामकः संवत्सर ।

उत्तरायणं । वसन्त ऋतु । नेपाल संवत् ११४० वछला थ्व ।

ज्येष्ठ कृष्ण पक्ष। तिथि (प्रतिपदा २४घ०१प १४ः५८ बजे सम्म रहेको छ ।

 

तिथि देवता अग्नि । त्यसपछि ज्येष्ठ कृष्ण द्वितीया देवता ब्रह्मा ।

नक्षत्र विशाखा (१२ घ ४६ प) १०ः२७ बजे सम्म त्यसपछि अनुराधा रहनेछ ।

योग (वरीयाम (२४ घ १५ प) १५ः०३ बजे सम्म त्यसपछि परिघः रहेको छ।

करण कौलव २४ घ ०१ प १४ः५८ बजे सम्म

त्यसपछि तैतिलस् (५१घ३८प) २ः०१ बजे सम्म त्यसपछि गर रहेको छ।

आनन्दादिमा मातङ्ग योग ।

राशि

श्री सूर्य मेष राशिमा र चन्द्रराशिकाे बृश्चिक रहेको छ।

चन्द्रमाको वर्णः
दिशा , वर्ण रातो र दिशा उत्तर रहेको छ ।

काठमाडौंमा सुर्योदय (५ः२१ बजे सुर्यास्त १८ः४१ बजे र दिनमान ३३ घडी १९ पला रहेको छ ।

आज दिउँसो १०ः३० देखि १२ः०० बजे सम्म राहुकाल रहेको छ ।

आज कालराहुको दिशा आग्नेय रहेको छ । आज वार शूल पश्चिम, योगिनी शुल पूर्व दिशामा परेको छ ।

आज रुद्री र अग्नि जुरेकाे छ।

आजको लागि शुभ समय
अमृत समय विहान ०९ः०० बजे देखि १०३० सम्म रहनेछ ।
आज शुभ समय दिउँसो १२ः०० देखि ०१ः३० सम्म रहनेछ।

आजकाे लागि शुभ दिशा पश्चिम रहेको छ।
आजको लागि शुभ रङ्ग रातो रहेको छ ।
आज जन्मेका बालबालिकाको बृश्चिक राशि रहनेछ ।
आज कानुन दिवस र रेडक्रस दिवस रहेको छ ।

आज शुक्रबार
आज शुक्रबारको दिन संतोषी माताको व्रत बस्ने प्रचलन छ। रिद्धि-सिद्धि र गणेशजीकी छोरी श्री संतोषी माता हुन् । उनको प्रसन्न्ताले परिवारमा सुख-शान्ति तथा मनोकामनाको पूर्ति भइ शोक विपत्ति चिन्ता र दुख पर जान्छ ।
सुख-सौभाग्यको कामना गर्दै माता संतोषीको १६ शुक्रवार सम्म व्रत गर्ने विधान छ।
आजको मन्त्र संतोषी माताको चरण अनुकम्पामा समर्पण गर्दै…
ॐ श्री संताेषी महामाया गजानंदमदायिनी शुक्रबार प्रिये देवी नारायणी नमाेस्तुते ।।
-ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij