काठमाडौँ– चीनका ३ सय ६४ नागरिक स्वदेश फर्किएका छन्।
आज चीनको एयर चाइना र साउदर्न एयरबाट ती चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश फर्काइएकाे हाे ।
एयर चाइनाले १ सय ६२ र चाइना साउदर्नले १ सय ८४ यात्रु बोकेर गन्तव्यतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। एयर चाइनाको विमान भने काठमाडौँको धावनमार्गमा मोडिन नसकेपछि केहीबेर संकट उत्पन्न भएको थियो।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चीनका दुवै चार्टर्ड उडान केहीबेरअघि गन्तव्यतर्फ उठेको जानकारी दिए।
यी दुई उडानमध्ये एयरचाइना छेन्दु जानेछ भने चाइना साउदर्नले ग्वाङ्जाओका लागि उडान भरेको उनले बताए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij