२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कोरोना रिपोर्ट देखाएर मात्र संसद बैठकमा प्रवेश गर्न पाइने

कोरोना रिपोर्ट देखाएर मात्र संसद बैठकमा प्रवेश गर्न पाइने

काठमाडौं । नेपालकाे संघीय संसद भवनमा नयाँ व्यवस्था गरिएकाे छ । नयाँ व्यवस्था अनुसार संसद प्रवेशपुर्व अनिवार्य रुपमा काेराेना संक्रमण नभएकाे रिपाेर्ट प्रस्तुत गर्नुपर्नेछ । सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको हो । यदि रिपोर्टमा संक्रण देखिएको पाइए  बैठकमा सहभागी हुन पाइने छैन ।

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीका अनुसार बिहीबार पीसीआर परीक्षण भएका सांसदहरुको रिपोर्ट ढिलोमा शुक्रबार विहानसम्म आइसक्ने र सो रिपोर्ट देखाएर मात्र सांसदहरुलाई बैठकमा प्रवेश गर्न दिइने सहमति भएको छ । संघीय संसदका दुवै सदनका सांसदहरुको बिहीबार कोरोना परीक्षणका लागि स्वाब संकलन भइरहेको छ ।
 सांसदहरु धेरै जनताको बीचमा राहत र मेडिकल सामाग्री लिएर गाउँ गाउँ पुगेका हुनाले सांसदको कोरोना परीक्षण अनिवार्य गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij