वैदिक सनातन हिन्दु धर्म अनुयायीहरु अवतारमा विश्वास राख्दछाै| । जब-जब यो धराधाममा पापले पराकाष्ठा नाघ्छ तब-तब भगवानले पृथ्वीकाे भार हरण गरी आफ्नाे नियमित लयमा लैजान भगवानले अंश अवतार लिनुहुन्छ ।

हाम्रा धार्मिक ग्रन्थलाई साक्षी राख्दा भगवान बिष्णुले चैाबिस अवतार लिनुभएकाे छ । जसमध्ये नरसिंह अवतार पनि एक हाे । याे चैाधाैं अवतार हाे ।
याे अवतार लिएर भगवान पृथ्वीमा अवतरित हुँदा बैशाख शुक्लपक्षकाे चतुर्दशी तिथि रहेकाे थियो ।
कश्यप ऋषि र दितिका छाेरा हिरण्याक्ष र हिरण्यकशिपु हुन् ।हिरण्याक्षकाे वध वराह भगवानले जलबाट यस धराधामलाई उद्दार गर्ने क्रममा गर्नुभएकाे थियो । त्यसैकाे प्रतिशाेध लिनलाई हिरण्यकशिपुले ठुलो तप गरि ब्राह्माजीसँग अमरत्वतुल्य वर पाएकाे थियो ।
शक्ति पाएपछि उसले आफ्नाे लक्ष्य प्राप्तिमा लाग्यो । साेहि अनुरुप कार्य गर्दै थियो । जसमा उसकाे छाेरा भक्त प्रह्लाद कडा बनेर आइदिए । आफ्नाे बाटाेमा हिँडाउन साम, दाम, दण्ड प्रयाेग गर्दा नसके पछि अब भेदन गर्नुपर्छ भनेर निश्चय गरेर रिसले साेध्दछ, के याे खम्बामा पनि तेराे ईश्वर छ भनी साेध्छ र छ भन्ने उत्तर आएपछि उसले खम्बामा हिर्काउँछ। त्यसपछि भक्तकाे रक्षा गर्न प्रचण्ड बेगसाथ भगवान नृसिंह अवतार उत्पन्न हुनुभयो । भगवानकाे शरीर मनुष्यकाे जस्तो र शिर सिंहकाे जस्तो थियाे । त्यसैले उक्त अवतारलाइ नृसिंह भनियो ।
भगवानलाई देखेर हिरण्यकशिपु उहाँप्रति जाइलाग्याे । उहाँले विरालाेले मुसाे समाते जस्तै समात्नुभयाे र ढाेकामा बस्नुभयाे। काखमा सुताएर आफ्ना नङले उसकाे शरीरलाई चिराचिरा पार्नुभयाे । त्यसलाई मारेपछि उसको पक्षका अरुलाई पनि मार्नुभयाे ।
नरसिंह अवतार भाैतिकवादकाे पराकाष्ठा माथि आध्यात्मिकवादकाे विजय हाे । बेमौसमी विरुवा राम्रो हुँदैन भन्ने हाे। राक्षस प्रवृति भएको मानिसको लागि काेहि आफ्नाे हुँदैन भन्ने पनि हाे ।

साथै हिरण्यकशिपुलाई भगवानले मार्नुभएको हाेइन तार्नु भएको हाे । किनभने उ त साक्षात भगवानकाे ढाेके थियो । जाे पाप पखाल्नकाे लागि याे जन्मन आएकाे थियोे । मानव मात्रकाे शिक्षाको लागि आएकाे थियो ।
याे लिला सुन्नु मात्रले पनि याे जीवन पवित्र हुन्छ । आजकाे दिनमा लक्ष्मी सहित नरसिंह भगवानकाे जसले पूजा गर्दछ उसले जीवनमा सत्मार्ग र सदाचारबाट नै याे जीवन र जगत उज्ज्वलित बनाउँछ।
यस्तो मैाका सदै आउँदैन, त्यसैले आजबाट नै जीवनलाई आध्यातमिक मार्गकाे सुनैालाे बिहानीतर्फ हाम्राे जीवनकाे काेल्टे फेराउँ ।