२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अनलाइन कक्षाकाे नाममा शुल्क लिन नपाइने

अनलाइन कक्षाकाे नाममा शुल्क लिन नपाइने

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षामा विद्यार्थी भर्ना ,अनलाइन पठनपाठन र मासिक शुल्क नलिन निर्देशन दिएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी जारी रहेकाले सरकारले शिक्षण संस्थाहरुमा पठनपाठन बन्द गराएको छ भने स्वयंसेवी रुपमा अनलाइन शिक्षालाई प्राथमिकता दिँदै आएको छ।

कतिपय विद्यालयले आफू खुशी भर्ना शुरु गरेको र अनलाइन कक्षाका नाममा बैँक खातामा अभिभावकबाट रकम लिन थालेको पाइएकाले साेमबार मन्त्रालयले विज्ञप्ति जारी गरी त्यस्तो कार्य नगर्न आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा निजी (संस्थागत) विद्यालयले आवास शुल्क बाहेक एक महिनाको अन्य शुल्क छुट दिन यसअघि मन्त्रिपरिषद्ले गरेको निर्णयको कार्यान्वयनका लागि पनि स्मरण गराइको छ।

यस्ताे छ मन्त्रालयले जारी गरेकाे सूचनाः

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij