जनकपुरधाम । महोत्तरीमा अज्ञात रोगबाट मृत्यु भएको भनिएका १२ जनामध्ये १० जनाको मदिरा सेवनकै कारण ज्यान गएको खुलेको छ ।
महोत्तरीको भंगहा नगरपालिका ६ र ७ तथा बर्दिवास नगरपालिका १२ का गरी १२ जनाको अज्ञात रोगले मृत्यु भएको भनिएकोमा १० जनाको रक्सी सेवनकै कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्र चौधरीले जानकारी दिए ।
सरकारका प्रबक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र सामाजिक विकास मन्त्री नवलकिशोर साह सोमबार अनुगमन गर्न पुगेका थिए । त्यस क्रममा अनुसन्धान गर्न आएका चिकित्सकले मृत्युको कारण रक्सी नै भएको बताएका थिए । मृतक परिवारलाई किरिया खर्चका लागि एक एक लाख उपलब्ध गराउने भएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij