२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सुर्खेत र नेपालगञ्जमा अलपत्र नेपालीकाे हवाई मार्गबाट उद्धार हुँदै

सुर्खेत र नेपालगञ्जमा अलपत्र नेपालीकाे हवाई मार्गबाट उद्धार हुँदै

सिमकोट – हुम्ला जान नसकी नेपालगन्ज र सुर्खेतमा अलपत्र नागरिकहरुको हवाई मार्गबाट उद्धार सुरु भएको छ । हुम्लाबासीको मागलाई मध्यनजर राख्दै पर्यटन मन्त्रालयले नेपालगञ्ज र सुर्खेतमा लकडाउनमा फसेका हुम्लाबासीलाई हवाई सेवाबाट उद्धार गर्ने निर्णय गरे अनुसार सो काम शनिबारदेखिसुरु भएको हो ।

हुम्लाका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका घर भइ नेपालगञ्ज र सुर्खेत फसेका नागरिकको उद्धार कार्य सुरु भएको हो । शनिबार पहिलो फ्लाईटमा नाम्खाका नागरिक ओसार्न सुरु भएको छ । त्यसपछि अन्य दुई गाउँपालिकाका नागरिकहरुको पनि उद्धार गरिने अधिकारीहरुले बताएका छन् ।
नेपालगञ्जमा रहेका ४ सय ९५ र सुर्खेतमा रहेका चार सय गरि ८ सय ९५ नागरिकलाई हुम्ला ल्याइने छ । सीता एयरका तीन वटा, तारा र समिट एयरका एक एक वटा जहाजले यात्रु ओसाने काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij