२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

मिनर्भा फाउन्डेसनद्वारा असहायहरुलाइ राहत वितरण

मिनर्भा फाउन्डेसनद्वारा असहायहरुलाइ राहत वितरण

मिनर्भा फाउन्डेसन एक सामाजिक संस्था हो । यस संस्थाले हाल विपतमा परेका, असहाय, अरुको भरमा बाँच्नुपर्ने कमजोर आर्थिक अवस्थाका व्यक्तिहरु, खर्च सकिएर बेखर्ची भएका विद्यार्थी लगायतका व्यक्तिहरुको जीवनयापन सहज बनाउन सहयोग उपलब्ध गराई सामाजिक भूमिका निर्वाह गर्दै आएको छ ।

वि.सं २०७२ को महाविनाशकारी भूकम्पबाट पीडित बनेका व्यक्तिहरुको अवस्थाबाट प्रभावित भई विभिन्न सहयोगात्मक सामाजिक कार्यमा संलग्न रहँदै जाने क्रममा एक औपचारिक संस्थाको आवश्यकता महसुस गरेर अभियन्ता टोपेन्द्र प्रसाद सापकोटाले यस मिनर्भा फाउण्डेसनको स्थापना गर्नुभएको हो ।

आफू कुनै दिन निकै सङ्घर्षमय जीवनयापन गर्नुपरेको कुरालाई स्मरण गर्दै अरु व्यक्तिले त्यस किसिमको समस्याबाट पीडित हुन नपरोस् भन्ने मान्यता सहित ऊहाँ सामाजिक अभियानमा संलग्न हुनुभएको हो । अहिले समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्न पाउँदा आफूलाई निकै नै खुसीको अनुभव हुने सापकोटा बताउनुहुन्छ ।

अहिलेको लकडाउनको कारण विभिन्न ठाउँमा नेपालीहरु छटपटाएको देखेर सापकोटा त्यस अवस्थामा रहेका पीडितहरुको लागि व्यक्तिगत तवरबाटै केही सहयोग गर्ने मान्यता सहित विभिन्न किसिमका सहयोग उपलब्ध गराइरहनुभएको छ ।


लकडाउन शुरु भएपश्चात् उहाँको सहयोग अभियानले तीव्रता पाइरहेको छ । २ दिन पहिले बालगृहमा सहयोग उपलब्ध गराउनुभएका ऊहाँले आज यस संस्था मार्फत दृष्टिविहीन अर्जुन खड्का, क्यान्सले गर्दा दुवै खुट्टा र हातका केही अौला गुमाएका पदम बहादुर खत्री, विगत ६ बर्ष देखि प्यारालाइसिसबाट पीडित डोप बहादुर थापा मगर, दैनिक ज्यालादारी गर्दै  आइरहेका गणेश परियारको ३ जनाको परिवार लगायतलाई सहयोग गर्नुभएको छ । गणेश सिलाइकटाइ क्षेत्रमा काम गर्छन् भने उनकी २ बहिनीहरु अध्ययनरत छन् ।

जसलाई जस्तो सहयोग आवश्यक पर्छ, आफ्नो क्षमता बमोजिम त्यस किसिमको सहयोग उपलब्ध गराउने कार्यमा संस्था मातहत सापकोटा सक्रियतापूर्वक संलग्न रहँदै आउनुभएको छ ।
आजको सहयोग कार्यक्रम अन्तरगत पीडितहरुलाई दाल, चामल, चिनी, चियापत्ती, चिउरा, भुजिया, दालमोठ, मसला, आलु, तेल, बिस्कुट, साबुन लगायतका सामाग्री सहयोग गरिएको छ । पदम बहादुर खत्रीलाई भरि सिलिण्डर ग्यास समेत सहयोग स्वरुप प्रदान गरिएको छ ।

आजको सहयोग अन्तरगत २५ किलो चिनी, ४० किलो चामल, ७ किलो दाल, १ सय २० प्याकेट बिस्कुट, ४ किलो जिरा, ३ किलो धनियाँ, १ किलो बेसार, १० किलो चिउरा, १६ लिटर खानेतेल, २ किलो चियापत्ती लगायतका अत्यावश्यक अन्य विविध सामाग्रीहरु समेत उपलब्ध गराइएको संस्थाले जनाएको छ ।

स्मरण रहोस्, यस संस्थाले यस भन्दा पहिले पनि अनाथ आश्रम, बौद्धिक अपाङ्गता आश्रम, श्रमिक, विद्यार्थी, चेपाङ बस्ती लगायतमा यस्ता सहयोगहरु उपलब्ध गराउँदै आएको छ ।

संस्थाले पीडितको स्थलगत अनुगमन गरी वास्तविक पीडित पहिचान गरेर घरैमा गई यी सामाग्रीहरु उपलब्ध गराएको संस्थाकी कोषाध्यक्ष विमला ढुंगाना सापकोटाले सेतोघर डट कमलाई बताउनुभयो । विषम परिस्थितिमा कोही पनि खाना नपाएर छट्पटिने अवस्था सृजना नहोस् भनेर आफूहरुले यस किसिमको सहयोग उपलब्ध गराउँदै उहाँको धारणा छ ।

यदि कसैले अन्य पीडितहरुलाई सहयोग गर्न चाहनाले सहयोग उपलब्ध गराउन चाहेको खण्डमा संस्थाका संस्थापक सापकोटालाई ९८५१०४५११५ फोन सम्पर्क गर्न पनि सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij