२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अमेरिकामा लकडाउनविरुद्ध गोलीगठ्ठासहित प्रदर्शन

अमेरिकामा लकडाउनविरुद्ध गोलीगठ्ठासहित प्रदर्शन

अमेरिका कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । अझै पनि संक्रमण र मृत्यु हुनेको संख्या दैनिक रुपमा केही हजारको संख्यामा थपिइरहेका छन् ।

तर पनि अमेरिकाका विभिन्न क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउन खुलाउन माग गर्दै प्रदर्शनहरु भइरहेका छन् ।

यस्तो प्रदर्शनले बिहीबार उग्ररुप लिएको छ । मिसिगन राज्यमा लकडाउनको विपक्षमा रहेको प्रदर्शनकारीहरु गोलीगठ्ठासहित प्रदर्शनमा उत्रिएका हुन् ।

बन्दुकसहित प्रदर्शनमा उत्रिएका उनीहरु मिसिगनको राजधानीमा रहेको राज्यको संसद प्रवेश गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सयौँ प्रदर्शनकारी मध्ये केहीले बन्दुक बोकेका थिए । लानसिंगमा जम्मा भएका उनीहरु मध्ये धेरैले मास्क लगाएका थिएनन् ।

प्रदर्शनकारीले भवनमा प्रवेश गर्न पाउनु पर्ने भन्दै हुलहुज्जत गरेपछि प्रहरीले केहीको ज्वरो नापेर प्रवेश अनुमति दिएका थिए । प्रदर्शनकारी होहल्ला गर्दै भवनमा प्रवेश गर्दा राज्यका सांसदहरु छलफलमा थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij