२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सम्पत्ति शुद्धीकरण विभागबाट सुलभ अग्रवाललाई तारेखमा रिहा

सम्पत्ति शुद्धीकरण विभागबाट सुलभ अग्रवाललाई तारेखमा रिहा

काठमाडौं । थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ । थर्मल गन कालोबजारीको आरोपमा अग्रवाल गत चैत २५ गते थर्मल गन कालोबजारीको आरोपमा काठमाडौंको नक्सालबाट पक्राउ परेका थिए । विभागले उनीसँग बयान लिएको र, लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको हो ।

चैत २५ गते अग्रवाललाई ३५ सय पर्ने थर्मल गन १५ हजारमा बिक्री गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । परिसरको टोलीले अग्रवाललाई शुद्धिकरण विभाग पुल्चोकमा बुझाएको थियो ।

कालोबजारी गरेको अभियोगमा काठमाडौं महानगरपालिका –४ बालुवाटारबाट अग्रवाललाई काठमाडौं महानगरपालिका९१ नक्साल बालमन्दिरबाट गत चैत २५ गते मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेस प्याकुर्‍यालको इजलासले अग्रवाललाई धरौटीमा रिहा गरे लगत्तै महानगरीय प्रहरी परिसर, टेकुको विशेष टोलीले पक्राउ गरेको हो । ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालको मुद्दा बिहीबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा सुनुवाई भएको थियो ।

भन्सारको विवरणअनुसार शंकर ग्रुपले ३ हजार थान टेस्ट किट, केही मास्क, पाँच सय थान पीपीई र १२ सय थान थर्मल गनलाई व्यापारिक प्रयोजनमा देखाएर भन्सार तिरेको छ । बाँकी भने ‘सेटिङ’ मा छिराएर अत्यधिक बढी मूल्यमा बेचेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij