२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

निशुल्क भाेजन सम्पन्न

निशुल्क भाेजन सम्पन्न

कामपा वडा नम्बर १५ काे आयाेजनामा आज  दैनिक गुजारा चलाउन गाह्राे भएकाहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न भएकाे छ ।
उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य माननीय जीवनराम श्रेष्ठ, १५ वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगाेल, वडा सदस्यहरु निमा लामा, आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन लगायतकाे उपस्थिति रहेकाे थियाे ।
उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाल, स्वयंसेवकहरु समेत उपस्थिति रहेकाे थियाे ।
यसैगरि काठमाडौ महानगरपालिका १५ वडा कार्यालयको आयोजनामा मनाङबासी, तिलेचो खाङ्सार सेवा समिति र निस्याङ मनाङ वोमेन सोसाइटीकाे संयाेजनमा बुद्धपार्क तथा जर्मन क्वाटरकाे संयाेजनमा जनगल्ली लकडाउनका कारण दैनिक गुजारा गर्न गाह्राे भएकाहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न भएकाे छ ।
साथै भुइखेल र चमतिमा पनि निशुल्क भाेजन  कार्य पनि निरन्तर सञ्चालन हुँदै आएकाे छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij