२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कृषिबाट आर्थिक समृद्धि

कृषिबाट आर्थिक समृद्धि

नयन गाैतम

विश्वव्यापी महामारी को रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वका साना तथा ठूला करिब १८० भन्दा बढी राष्ट्रलाई प्रत्यक्ष असर गरेको छ । हाल सम्म विश्वका करिब ३१ लाख व्यक्तिमा यो महामारी फैलिइसकेको छ र करिब २।१५ लाख व्यक्तिले आफ्नो ज्यान गुमाई सकेका छन् र दिन प्रतिदिन यो संख्या उकालो लागिरहेको छ । धेरैजसो देशहरुले महामारीको लडाईको लागि आफ्नो अस्त्रको रुपमा प्रयोग गरिराखेका छन् । महिनौं लकडाउन गर्नुपर्ने बाध्यताका कारण देशहरुमा आर्थिक संकटलाई कसरी सामना गर्ने भन्ने टाउको दुखाईको बिषय थपिएको छ।

विश्वमा भएका धेरै देशको आफ्नो आ–आफ्नो तरिकाको अर्थतन्त्र रहेको छ। खाडी मुलुकहरु आफ्नो तेल र खनिज प्रदार्थका खानीबाट आफ्नो अर्थतन्त्र चलाईराखेका छन्। जापान जस्तो देश नयाँ टेक्नोलोजी बेचेर आफ्नो अर्थतन्त्र सुधार गरेको छ। अमेरिकाको अर्थतन्त्रको प्रमुख स्रोत हातहतियार र ठुला–ठुला जहाजहरुको उत्पादन हो । केही राष्ट्रहरु आफ्नो देशमा भएको प्राकृतिक सुन्दरताद्वारा पर्यटनबाट आम्दानी गर्छन्। विश्वका नयाँ शक्तिशाली राष्ट्र जस्तै चीन र भारत खाद्यान्न, औषधी र विभिन्न उपभोग्य वस्तुको उत्पादन गरेर आफ्नो अर्थतन्त्र सुधार गरेका छन् ।

नुन देखि सुन सम्म, सियो देखि दियो सम्म, पिठो देखि लिटो सम्म नेपाल आयातमा निर्भर रहनुपरेको अवस्था छ। कृषि क्षेत्रमा देखिएको सरकारी उदासीनताले यो समस्या झन् जटिल बन्दै जाने छ। आजको यो महामारीको अवस्थामा लकडाउनले कृषिमा झनै ठुलो महाकम्पन ल्याउने निश्चित छ। कृषकले बजार नपाएर दुध बाटोमा फाल्ने देखि लिएर ज्यूँदो कुखुरा खाल्डोमा पुरेको दृश्य हामी नेपालीले विभिन्न कालखण्डमा धेरै पल्ट देखि सकेको छाैं।

विश्वमा केहि यस्ता राष्ट्रहरु पनि छन्, जो आफ्नो श्रम बेचेर अर्थतन्त्रलाई जोगाईराखेका छन् । नेपाल पनि श्रम बेचेर अर्थतन्त्र टिकाउने देशको अग्रपंक्तिमा उभिएको छ। नेपालको जिडिपीको करिब २७५ को हिस्सा आज रेमिट्यान्सले नै ओगटेको छ। आजको स्थितिमा करिब ५।३३ खर्ब को ट्रेड डेफिसिट भोगिरहेको नेपाल पूर्णतः आयातमा आश्रित रहँदै आएको छ। नेपाल भित्र बस्दै आएका करिब ६०५ भन्दा बढी नेपालीको प्रमुख आयस्रोतको माध्यम बनेको कृषि क्षेत्रको योगदान क्रमस घट्ने क्रममा रहेको छ। नयाँ रोजगारीको सिर्जना दयनीय स्थितिमा रहेको छ। अघिल्लो वर्ष जिपिडीमा करिब २८५ योगदान गरेको कृषि क्षेत्र यस वर्ष २७५ मा संकुचित भएको छ ।

नुन देखि सुन सम्म, सियो देखि दियो सम्म, पिठो देखि लिटो सम्म नेपाल आयातमा निर्भर रहनुपरेको अवस्था छ। कृषि क्षेत्रमा देखिएको सरकारी उदासीनताले यो समस्या झन् जटिल बन्दै जाने छ। आजको यो महामारीको अवस्थामा लकडाउनले कृषिमा झनै ठुलो महाकम्पन ल्याउने निश्चित छ। कृषकले बजार नपाएर दुध बाटोमा फाल्ने देखि लिएर ज्यूँदो कुखुरा खाल्डोमा पुरेको दृश्य हामी नेपालीले विभिन्न कालखण्डमा धेरै पल्ट देखि सकेको छाैं। चाहे त्यो भुकम्पको अवस्था मा होस्, चाहे विभिन्न नेपाल बन्दको क्रममा होस् वा हालको लकडाउन को अवस्थामा होस्।

आफ्नो उत्पादनको मूल्य उठाउनको लागि किसानहरु काठमाडौँ सम्म आन्दोलन गर्न आउन बाध्य हुन्छन् । सरकारी उदासीनताका कारण आफ्नो उत्पादनको मूल्य नपाउँदा कौडीको भाउमा विचौलियालाई बेच्न बाध्य हुन्छन् । नेपाललाई विभिन्न सुपर जोनमा विभाजन गरेर कृषिलाइ विकास गर्ने सरकारी योजनामा केहि गतिलो उपलब्धि हुन सकिराखेको छैन। यो बाहेक किसानलाई खेति गर्ने राम्रो वातावरण बनाउनु समेत आजको आवश्यकता बनेको छ । देशको अर्थतन्त्र सुधारको लागि यसको विकल्प छैन।

देशको अर्थतन्त्र रेमिटान्समा निर्भर गराउनु कदापि पनि विकासशिल अर्थात्रन्त्रको परिसूचक हुन सक्दैन। अर्थतन्त्रलाई सुदृढ गराउनको लागि देशमा उत्पादन हुनु जरुरि छ। देश भित्रको उत्पादनले देशको मागलाई परिपूर्ति गर्ने वातावरण बनाउन जरुरि छ।

कोरोना महामारीले विश्वको अर्थतन्त्र नाजुक अवस्थामा गुज्रिने पक्का छ। ठुला देशहरुमा धेरैले रोजगारी गुमाईसकेका छन्। केहि खाडी मुलुकहरुले आफ्नो श्रम बजारलाई संकुचित गर्ने आशय व्यक्त गरि सकेका छन्। यो अवस्थामा नेपाल सरकार सजग हुनु जरुरी छ। वैदेशिक रोजगारीमा विदेश पलायन भएका लाखौं श्रमिक नेपाल आउनुपर्ने अवस्था आए नेपालको अर्थतन्त्र कहाँ जान्छ ? रेमिटान्सबाट आएको पैसाले विदेशबाट आयात गर्दै गुजारा चलेको आजको अवस्था भोलि रेमिटान्स आउन बन्द भएपछि कस्तो बिकराल रुप लिन्छ होला ? यसको विश्लेषण गर्नु जरुरि छ।

कुनै पनि समस्या सृजना भएपछि भन्दा पनि आफु सजग भएर त्यसको विरुद्ध पूर्व तयारी गर्नु नै बुद्धिमानी देश र सरकारको परिचय हो। देशको अर्थतन्त्र रेमिटान्समा निर्भर गराउनु कदापि पनि विकासशिल अर्थात्रन्त्रको परिसूचक हुन सक्दैन। अर्थतन्त्रलाई सुदृढ गराउनको लागि देशमा उत्पादन हुनु जरुरि छ। देश भित्रको उत्पादनले देशको मागलाई परिपूर्ति गर्ने वातावरण बनाउन जरुरि छ। आफ्नो देशको उत्पादनबाट नै स्ववलम्बी बन्न सकिन्छ । त्यसको लागि कृषि क्षेत्रलाई विकास गर्नु जरुरि छ। किसानहरुलाई प्रोत्साहन गर्नु जरुरि छ।

कृषि क्षेत्रलाइ विकास गर्न र कृषकलाई प्रोत्साहन गर्न सरकारले तत्काल गर्नुपर्ने कुराहरु बु्रँदागत रुपमा तल पेश गरेको छु ।

१‍ सहुलियत दरमा बिज, मल, कृषि औजार र अन्य आवश्यक वस्तुको समयमा उपलब्धता सरकारले ग्यारेन्टी गर्नु जरुरि छ। आज पनि किसानहरुले समयमा आवश्यक सामग्रीको अभाव भागिरहेको सर्वविदितै छ।

२‍ बैंकिग प्रणालीबाट उत्पादनमुलक क्षेत्रमा लगानीको प्रबाहलाई सहज बनाउनु जरुरि छ। अनुउत्पादक क्षेत्रको लगानीलाई घटाएर उत्पादक क्षेत्रमा ल्याउने भूमिका सरकारले खेल्नु आजको |आवश्यकता हो।

३‍ सरकारले विभिन्न क्षेत्रलाई घोषित गरिएको सुपर जोन अनुसार अग्रगामी कार्यक्रमहरु ल्याएर समुदायस्तरमा कर्यान्वयन गराउनुपर्छ । यसको लागि समुदाय स्तरमा गठन भएका महिला समूह, कृषि समूहहरुलाई प्रयोगमा ल्याउनु जरुरि छ।

४‍‍ किसानहरुलाई आफ्नो उत्पादनको उचित मूल्यको ग्यारेन्टी सरकारले गर्नु जरुरि छ। यसको लागि राष्ट्रिय संयन्त्र बनाएर बार्षिक उत्पादन, उत्पादनमा लाग्ने लागत, कर्जाको शुल्कहरुको उचित विश्लेषण गरेर उचित न्यूनतम मूल्यको घोषणा गर्नुपर्ने हुन्छ ।

५ प्रत्येक स्थानीय तहमा त्यहाँको उत्पादनको स्तर हेरेर उचित भण्डारण व्यवस्था भएको कोल्ड स्टोरेजको निर्माण तथा व्यवस्थापन सरकारी तहबाट हुनु आवश्यक छ। यसले गर्दा किसानहरुले आफ्नो उत्पादनको उचित मूल्य पाउने छन् र तेस्रो पक्षले खरिद गर्दा उक्त न्यूनतम मूल्य भन्दा बढी मूल्य हाल्नुपर्ने बाध्यता हुनेछ।

६ यसरी प्रत्येक स्थानीय तहमा भण्डारणको स्थापनाले गर्दा सरकारलाई पनि खाद्य वस्तु सहज र सस्तोमा प्राप्त हुनेछ, जुन थोरै नाफा राखेर गरिबीको रेखामुनि रहेका जनतालाई सुपथ मूल्यमा सुलभ तरिकाले सरकारले व्यवस्थापन गर्न सजिलो हुनेछ।

७ यसरी प्रत्यक स्थानीय तहमा भण्डारण कार्यालय को स्थापनाले देश मा करिब ३००० को रोजगारी सिर्जना पनि हुने देखिन्छ ।

८ त्यसैगरी कृषि क्षेत्रको विकासको लागि सामुदायिक स्तरमा हेल्प लाइनको व्यवस्था गरेर कृषिमा आउने जटिलताको सामना गर्ने संयन्त्र निर्माण गर्नु जरुरी छ।

कृषि क्षेत्र, कृषि उत्पादन र उद्योगहरुको विकाश र विस्तारबाट देश आत्मनिर्भर बनाउनु नै असल अर्थतन्त्रको परिसूचक हो। आजको यो महामारीबाट आउने परिणाम जे–जस्तो भएपनि नेपालमा कृषिमा सरकारको ध्यान जानु नितान्त आवश्यक छ। नेपालका युवालाई विदेशको श्रम बजारमा बेच्नुको साटो स्वदेशमा उत्पादन क्षेत्रमा क्रियाशील गराउनु जरुरि छ ।‘

(गौतम काठमाडौँ केन्द्रित व्यवसायी हुन्)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij