२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज गंगा सप्तमी अर्थात गंगा जयन्ती

आज गंगा सप्तमी अर्थात गंगा जयन्ती

 गंगा नदी भारतवर्षकाे सबभन्दा महत्त्वपूर्ण नदी हाे । यसकाे महत्त्व भाैगाेलिक, आध्यात्मिक र आदिदैविक दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ ।
 
 आध्यात्मिक आधारमा ‘मकरवाहिनी´ देवीका रुपमा उहाँ उपास्य हुनुहुन्छ भने अदिदैविक रुपमा आकाशगंगाकाे रुपमा प्रतिष्ठित भएकाे मानिन्छ ।
 
अधिभूतमा त अनेक संज्ञा छन्  जसले गंगाजिकाे अतिशायी महत्त्वको ख्याती गाउँछ । गंगाकाे यति धेेरै महत्त्व भएकाे कारण अरुलाई पनि गंगा भनिन्छ । सनातन हिन्दु शास्त्रका अनुसार बैशाखमास शुक्ल पक्ष सप्तमीका दिन गंगा स्वर्गबाट भगवान शिव शंकरकाे जटामा जानुभएको थियोे ।स्वर्गबाट शिवजीकाे जटामा जानुकाे कारण याे थियो कि पृथ्वीले उहाँको तेजवेग थाम्न सक्नुहुन्न थियाे ।त्यसैले गंगाजी शिवजीकाे जटामा बस्नुभयाे र शिवजीले गंगाजीलाई धर्तिमा छाेड्नुभयाे ।
 
त्यसैले यस दिनलाई गंगा जन्माेउत्सव भनिन्छ । उहाँ पृथ्वीमा आइपुग्दा ज्येष्ठ शुक्ल दशमी थियो । जसलाई गंगादशहराकाे नामले जानिन्छ । गंगा सप्तमीमा गंगा देवीकाे बिशेष पुजा गरिन्छ । 
 
भनिन्छ यस पावन दिनमा गंगाजीमा स्नान गर्याे भने मनुष्यकाे पुरै पाप नास हुन्छ । `वराहपुराण´अनुसार गंगाजी आकाशमार्गबाट आउँदा पामीर पर्वत प्रदेशमा अवतरित हुनुभयो । त्यहाँबाट चार दिशामा प्रवाहित हुनुभयाे । 
 
पुर्व तिर वहने गंगाकाे नाम सीता भयाे । उत्तर तिर बग्नेकाे नाम भद्रा भयो ।पश्चिम बग्नेकाे नाम `यक्षु´हाे जसलाई `चक्षु´पनि भनिन्छ । दक्षिण बग्नेलाई अलकनन्दा भनिन्छ ।  
 
पुर्व बग्ने सीता अरु तीन भागमा बाँडिन्छिन् । माथिका सबै नदीलाई गंगा भनिन्छ । प्रायः सबै पुराण, महाभारत तथा बाल्मीकीय रामायणमा गंगाकाे महिमा गाइएकाे छ र हाम्रो धार्मिक शुद्धता र जिवनकाे आधार गंगा हुन् भनिएकाे छ। त्यसैले सनातन हिन्दु धर्मावलम्वीकाे लागि आजकाे दिन विशेष रहेकाे छ ।
हामाे सनातन हिन्दुधर्म एकदमै ब्यबहारिक सरल र समय सान्दर्भिक छ । माथिका कुरा उत्तम काेटिका छन् । यति हुँदाहुँदै पनि पहुँच कम भयाे भने महत्त्व कम हुन्छ। त्यसैले गर्दा धार्मिक पृष्ठभूमि बाेकेका आफ्ना नजिकका नेपाली (काेशी, गण्डकी, बागमती …..) गंगाजीमा गंगाजीकाे नाम स्मरण गर्दै स्नान गर्दा पनि उही फल पाईन्छ । त्यसैले सनातन हिन्दु धर्माबलमबीकाे लागि आजकाे दिन विशेष रहेकाे छ ।


 
ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल
सम्पकर्क नम्बरः 9841598848

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij