बुटवल । लकडाउनको बेला बिना अनुमति सञ्चालन गरिएका ४ वटा जेसिबी मेशिन सञ्चालकलाई रुपन्देहीको सैनामैना नगरपालिकाले कारबाही गरेको छ । लकडाउनको समयमा अनुमति बिना जेसिबी सञ्चालन गरेर सुकुम्बासी क्षेत्रमा उत्खनन् गरेको भन्दै नगरपालिकाले कारबाही गरेको हो ।
सैनामैना नगरपालिका वडा नं. ९ को सुकुम्बासी क्षेत्रमा नगरपालिकाको अनुमति बिना जेसिबी सञ्चालन गरेको भन्दै नगरपालिकाले ४ वटा जेसिबीबाट ३ लाख ९ हजार ४ सय २५ रुपैयाँ जरिवाना असुल गरेको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij