२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेपालमा ५४ हजार ८ सय २६ को परीक्षण

नेपालमा ५४ हजार ८ सय २६ को परीक्षण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार रौतहटमा थप दुई जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ। संक्रमण २४ र ३५ वर्षका दुई पुरुषमा देखिएको हो। उनीहरु दुबै भारतबाट आएका थिए। यस्तै हालसम्म नेपालमा कोरोना भाइरसको परीक्षण ५४ हजार ८ सय २६ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

गत चौबीस घन्टामा १ हजार १ सय ९३ वटा परीक्षण भएको हो। पिसिआरबाट १० हजार ८ सय ७ जनाको कुल परीक्षण भएको हो भने र्‍यापिड टेस्टबाट ४४ हजार १९ जनाको परीक्षण भएको हो।

मन्त्रालयको नियमित ब्रिफिङका क्रममा डा. देवकोटाले यसबारे जानकारी दिएका हुन्। यस्तै हाल देशभर २२ हजार ९९ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ। आइसोलेसनमा भने कुल १०७ जना रहेको जसमा उपत्यकाभित्र ४ जना र उपत्यका बाहिर १०३ जना रहेको उनले जानकारी दिए। उनले रेडजोनमा देशभर ३ सय ९ जना रहेको बताए, जसमा गत चौबीस घन्टामा ५ जना रेड जोनमा परेका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij