२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

व्यवसायी सुलभ अग्रवालबिरुद्ध तीनवटा मुद्दामा १५ लाख ७८ हजार बिगो दाबी

व्यवसायी सुलभ अग्रवालबिरुद्ध तीनवटा मुद्दामा १५ लाख ७८ हजार बिगो दाबी

काठमाडौँ-  व्यवसायी सुलभ अग्रवालबिरुद्ध कालोबजारी, मुनाफा बढी लिएको, सामान  लुकाएकोलगायत तीन वटा मुद्दा दर्ता गर्ने तयारी प्रहरीले गरेको छ। उनी थर्मल गन बढी मूल्यमा बेच्ने क्रममा प्रहरीद्वारा समातिएका थिए।

किर्गिजस्थानका अवैतनिक दूत रहेका अग्रवालविरुद्ध कैदसहित १५ लाख ७८  हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गर्ने तयारी गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए। उनले सार्वजनिक पद दुरुपयोग गरेको पुष्टि भएमा डेढी सजाय हुनेछ।

उनीबिरुद्ध प्रस्तावित राय तयार गरी सरकारी वकिलको कार्यालयलाई बुझाइसकिएको एक प्रहरी अधिकारीले जानकारी दिए।

उनले अवैतनिक दूत भएर कालोबजारीमा संलग्न रहेको पाइएपछि सरकारले उनले निलो प्लेटको गाडी र झन्डा प्रयोग गर्न नपाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij