
विद्यार्थीले घरमै सिक्न सक्छन्ः
लकडाउनको कारण उत्पन्न भएको असहज परिस्थितिमा विद्यार्थीहरुले घरमै अनौपचारिक कुराहरु सिक्ने अवसर मिलेको नेशनल प्याब्सन तारकेश्वर कार्यसमितिका अध्यक्ष गोविन्द भट्टको धारणा छ । ऊहाँ भन्नुहुन्छ, ‘संस्थागत विद्यालयहरुलाई नेपाल सरकारले गरेको निर्देशन बमोजिम नै हामीले चैत ५ गते भित्र नै विद्यालयस्तरीय परिक्षा सम्पन्न गर्यौं तर त्यस भन्दा पछाडि सृजना भएको परिस्थितिको कारण रिजल्ट अहिले सम्म पनि प्रकाशन गर्न सकेका छैनौं । यद्यपि रिजल्ट प्रकाशन नहुँदैमा विद्यार्थी आत्तिनुपर्ने अवस्था रहँदैन ।
विद्यार्थीले सिक्नको लागि औपचारिक र अनौपचारिक गरी २ माध्यम हुने गर्छन् । औपचारिक शिक्षाको अलावा अनौपचारिक शिक्षाको समेत भूमिका महत्वपूर्ण रहने गर्छ । यस किसिमको अनौपचारिक शिक्षाको लागि अहिलेको समय निकै महत्वपूर्ण अवसर बनेको छ । जुन परिवारबाट नै प्राप्त हुन सक्छ । यस अन्तरगत संस्कार, आचरण, व्यावहारिक ज्ञान, सीप र दक्षता विकास एवं सामाजिक विषयवस्तुको अध्ययन लगायत पर्दछन् ।’
चर्चामा अनलाइन शिक्षा र यसको दायराः
नेशनल प्याब्सन समेत अनलाइन कक्षा सञ्चालनमा तयार रहेको बताउँदै भट्टले भन्नुभयो, ‘नेपाल सरकारले समेत अहिले अनलाइन कक्षा सञ्चालनलाई विशेष चासोको साथ लिएको छ । यस्तो अवस्थामा हाम्रो संगठन नेशनल प्याब्सनले पनि त्यसको स्वागत गर्दै आवश्यक छलफल अघी बढाएको छ । यद्यपि यसरी सञ्चालन गरिने अनलाइन कक्षा कत्तिको प्रभावकारी हुने हो त्यो अर्को कुरा छ ।’
अझै पनि उपत्यकामा नै रहेका सबै व्यक्तिको पहुँचमा इन्टरनेट सञ्जाल जोडिन नसकेको र यतिबेला अधिकांश बालबालिका कोरोना त्रासको कारण गाउँ फर्किएको अवस्थामा यस्तो अनलाइन कक्षालाई कत्ति व्यक्तिको पहुँचमा पु¥याउन सकिन्छ भन्ने विषय समेत अर्को चासोको विषय रहेको ऊहाँले बताउनुभयो ।
लकडाउन सम्बन्धमा भट्टको धारणाः
लकडाउन अझै पनि लम्बिन सक्ने अवस्था देखिएको छ । अहिलेको सबैभन्दा महत्वपूर्ण विषय नै कोरोनाले उत्पन्न गराएको परिस्थिति भएको कारण जसरी भएपनि यसलाई नियन्त्रणमा लिन नेपाल सरकारले आवश्यक पहल गर्नुपर्नेमा ज्ञानभूमि स्कुलका प्रिन्सिपल समेत रहनुभएका भट्टले विशेष जोड दिनुहुन्छ ।
ऊहाँ भन्नुहुन्छ, ‘कोरोनाले उत्पन्न परिस्थिति नियन्त्रणमा नआउँदै अन्यत्र पनि संक्रमण फैलिन सक्ने तर्फ सतर्क हामीले लकडाउनलाई खुकुलो बनाउनुहुँदैन । जहाँ बढी प्रभाव देखिएको छ, त्यस क्षेत्रलाई सिल गर्नुपर्ने अवस्था पनि रहन्छ । यस सम्बन्धी सम्बन्धित क्षेत्रका विज्ञहरु नै जानकार हुनुहुन्छ ।’ यस कार्यमा सहयोग पु¥याउने जिम्मेवारी सचेत नागरिकको समेत रहने भट्ट बताउनुहुन्छ ।
सबै पक्षलाई सही तवरले निर्देशित गर्दै अबका गतिविधिहरु सञ्चालन गर्नुपर्ने आवश्यकता समेत ऊहाँले औंल्याउनुभएको छ । राज्यले संस्थागत विद्यालयलाई शुल्क मिनाहाको लागि आग्रह गरेको परिस्थितिमा विद्यालयले शिक्षक र कर्मचारीलाई भुक्तानी गर्नुपर्ने तलब, बैंकको ऋण, ब्याज, घरभाडा लगायतलाई समेत विचार गर्दै आवश्यक निर्णय लिनुपर्नेमा समेत सम्बन्धित पक्षको ध्यानाकर्षण हुनुपर्ने बताउनुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij