काठमाडौँ– झापाका एक जना ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित विपी कोइराला स्थास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण देखिएको जनाएको छ।
उनी हाल अस्पतालको आइसोलेसनमा रहेको र स्वाथ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij