२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

‘जनता समाजवादी पार्टी’ दियो दल दर्ताको निवेदन

‘जनता समाजवादी पार्टी’ दियो दल दर्ताको निवेदन

विराटनगर । ‘जनता समाजवादी पार्टी’ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ को निवेदन दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ ।

बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको हो । एकतामा सहभागी दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका छन् । पार्टी एकीकरणको सहमती पत्रसहित निर्वाचन आयोगलाई दिइएको पत्रमा राजपाका संयोजक शरदसिंह भण्डारी र समाजवादीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छ ।

जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij