काठमाडौँ- धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या ४५ पुगेको छ।
धरानस्थित प्रतिष्ठानमा पीसीआर परीक्षण गरिएका २४, ६० र ७२ वर्षका तीन पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयको नियमित व्रिफिङका क्रममा बुधबार मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।
उनीहरुको अहिले धरानमा उपचार भइरहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij