ललितपुर क्षेत्रमा खाद्यान्न तथा अत्यावश्यक दैनिक उपभोग्य सामानहरु सहज रुपमा उपलब्ध भइरहेका छन् ।
खाद्यान्न, तरकारी, ग्यास, औषधी, दूध, पानी लगायतका वस्तुहरुलाई अत्यावश्यक वस्तुमा राखिएको छ ।
ललितपुरमा यस्ता अत्यावश्यक वस्तुहरुको आपुर्ति कार्य सहज बनाउन महानगरीय प्रहरी तथा ललितपुर महानगरपालिकाबाट हामीलाई सहयोग प्राप्त भएको छ ।
ललितपुरमा ढुवानी व्यवस्थालाई सहज बनाउने सम्बन्धमा विहानको २ घण्टा समय अपुग भएको अवस्थालाई संशोधन गर्दै निर्वाध रुपमा विहान ७ बजे देखि बेलुकी ७ बजे सम्म सामान ढुवानी गर्न र पसल खोल्न पाउने व्यवस्था गरिएको छ ।
उपभोक्ताको हित र बढ्दो भीडभाडलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भरत जोशीले सेतोघर डट कमसँगको कुराकानीको क्रममा बताउनुभयो । 
प्रमुख जिल्ला अधिकारी, मेयर, उपमेयर, ललितपुर उद्योग वाणिज्य संघका प्रतिनिधि सहितको वैठकबाट यस्तो निर्णय गरिएको हो ।
अहिले सम्म दैनिक अत्यावश्यक वस्तुहरुको उपलब्धता र ढुवानीमा कुनै समस्या नआएको जोशीले बताउनुभयो । आगामी दिनमा पनि सबै पक्षको आपसी सहयोग र सहकार्यमा सहजै आपुर्ति व्यवस्था गरिने जोशीले बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij