२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

लकडाउन, औपचारिक शिक्षामा यसको प्रभाव र अभिभावकको भूमिका

लकडाउन, औपचारिक शिक्षामा यसको प्रभाव र अभिभावकको भूमिका

लोकेन्द्र बहादुर खड्का, अध्यक्ष, अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स)

विश्वव्यापी फैलिएको कोरोनाको सम्भावित जोखिमलाई लक्षित गर्दै नेपालमा पनि लकडाउन गरिएको छ । यस अवस्थामा देशभरका सबै शैक्षिक संस्थाहरु बन्द छन् । यसरी अहिले शैक्षिक संस्था बन्द भएको बेला पनि विद्यार्थीका अभिभावकहरुलाई सम्पर्क गरेर समय–समयमा अभिभावकले निर्वाह गर्नुपर्ने भूमिका सम्बन्धमा परामर्श दिँदै आइरहेका छौं । जसले गर्दा विद्यार्थीले औपचारिक विषयमा भन्दा पनि अनौपचारिक रुपमा आफ्नो सर्वाङ्गिण विकासमा सहयोग पुग्न सकोस् । हुनतः अहिलेको समयमा मुख्यतः आफूलाई कसरी सुरक्षित राख्ने भन्नेमा नै हाम्रो ध्यान केन्द्रित हुनु जरुरी छ । यसको अलावा घरमा अभिभावकसँग रहँदा यस समयलाई आ–आफ्नो सामाजिक परिवेश अनुसारको उत्कृष्ट नैतिक संस्कार सिक्ने अवसरको रुपमा समेत उपयोगमा ल्याउन जरुरी रहन्छ ।

औपचारिक शिक्षामा बन्दको प्रभाव
चैत महिना सामान्यतया विद्यालयहरुमा बार्षिक परीक्षा सकिएर नयाँ शैक्षिक कार्यक्रम शुरु हुने समय हो । बैशाखबाट नयाँ भर्ना सहित विद्यार्थीहरुको औपचारिक शैक्षिक कार्यक्रम सञ्चालन हुने गर्छ । जसले गर्दा अहिले सम्म बन्द भएको अवधिमा विद्यार्थीको शिक्षामा निकै कम असर परेको छ । अब यो बन्द कति लम्बिन्छ भन्ने कुराले पनि हाम्रो औपचारिक शिक्षामा पर्ने प्रभाव निर्भर गर्छ । शिक्षा जीवनको अभिन्न अङ्ग हुँदाहुँदै पनि अहिलेको परिस्थितिमा हामीले आफ्नो स्वास्थ्यमा नै विशेष ध्यान केन्द्रित गर्नु जरुरी छ ।

अहिले लामो समय बालबालिका घरमा रहँदा उनीहरुको रचनात्मक क्षमता विकास, सामाजिक तथा सांस्कृतिक ज्ञान र आधुनिक प्रविधिको जानकारी हासिल प्राप्त गर्नको लागि गुगल, युट्युब, विकिपिडिया लगायतका इन्टरनेट वेभसाइटहरु समेत प्रभावकारी माध्यम हुन सक्छन् । अभिभावकहरुले पनि बुझ्नुपर्छ कि औपचारिक शिक्षा भन्दा पनि प्रयोगात्मक ज्ञान, अनुभव, नयाँ विकसित प्रविधिको जानकारी र प्रयोग लगायतले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । यी कुराहरुलाई सम्बोधन गर्दै समयानुकुल नयाँ ज्ञान उपलब्ध गराउनको लागि अभिभावकले निकै सक्रियतापूर्वक बालबालिकाहरुलाई काममा संलग्न गराउनुपर्छ

१ बर्षमा ३ सय ६५ दिन हुन्छन् । यसमध्ये बालबालिकाले विद्यालयमा पढ्ने दिन भनेको करिब २ सय दिन मात्र हो । साथै यो समय शैक्षिक कार्यक्रम प्रारम्भको समय समेत हो । केही समयको बन्दलाई पछि विशेष कक्षा सञ्चालन गरेर पनि अहिलेको नोक्सानी पुर्ति गर्न सक्छौं । साथै बालबालिकालाई घरमा नै धेरै व्यावहारिक कुराहरु सिकाउन सक्ने अवस्था समेत रहन्छ । अहिलेका अभिभावकहरु आफैंमा शिक्षित र सचेत हुनुहुन्छ । औपचारिक किताबी ज्ञानको अलावा बालबच्चालाई सिकाउनुपर्ने तर अवसर नमिलेर सिक्न सिकाउन नसकेका कुराहरु यस परिवेशमा सिक्न सक्न पाउन संयोग मिलेको छ । यसबाट नै राम्रो चरित्र विकास हुन सक्छ । यसलाई हेर्दा लकडाउनलाई विशेष अवसरको रुपमा पनि लिनुपर्ने हुन्छ । घरमा अभिभावक, बालबालिका एकै ठाउँमा निर्धक्क साथ बस्न पाउने अवसर अरु बेला सृजना हुने सम्भावना निकै कम रहन्छ । बालबालिकाहरुले थुप्रै व्यावहारिक कुराहरु बुझ्न पाउँछन् ।

घरमा हुँदा पनि बालबालिकाहरुलाई जसरी भएपनि घरायसी काममा संलग्न गराउनुपर्छ । बालबालिकाले उनीहरुका अभिभावकले गर्ने कामबाट छिटो सिक्न सक्ने भएका हुनाले कुनै काम गर्दा बालबालिकाबाट आफुले जस्तो अपेक्षा गरिन्छ, त्यसै बमोजिमका क्रियाकलाप अभिभावकले पनि गर्नुपर्ने हुन्छ । हरेक अभिभावक आफ्ना बालबालिका सभ्य, सचेत र व्यावहारिक होस् भन्ने चाहन्छन् । यस कार्यमा अभिभावकले निर्वाह गर्नेे भूमिका नै निकै महत्वपूर्ण हुने गर्छ ।

परम्परागत नेपाली संस्कार र ज्ञान हस्तान्तरणमा सहयोग 

नेपालको विगतलाई हेर्दा नेपाली समाज संयुक्त परिवारमा रहँदै आएको पाइन्छ । जहाँ साना बालबालिकाहरु हजुरबुबा हजुरआमाको मायामा हुर्कने र पाको उमेरका हजुरबा हजुरआमाबाट धेरै व्यावहारिक कुरा सिक्न र समाजमा घुलमिल हुन बच्चालाई निकै सहयोग पुग्ने गरेको पाइन्छ । अघिल्लो पुस्ताका व्यक्तिले जुन ज्ञान हासिल गर्थे, त्यो ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुने श्रृङ्खला पछिल्ला केही दशकहरुबाट अलग भएको पाइन्छ । संयुक्त परिवारको सट्टा एकल परिवार, शहरीकरणको प्रभाव, बढ्दो प्रविधिको प्रयोग लगायतलाई हेर्दा यसरी पुस्ता हस्तान्तरण हुन नसकेको ज्ञानको श्रृंखला जोड्नमा समेत अहिलेको परिस्थितिले सहयोग पु¥याउन सक्छ ।

रचनात्मक क्रियाकलापमा जोड दिउँ
अहिले लामो समय बालबालिका घरमा रहँदा उनीहरुको रचनात्मक क्षमता विकास, सामाजिक तथा सांस्कृतिक ज्ञान र आधुनिक प्रविधिको जानकारी हासिल प्राप्त गर्नको लागि गुगल, युट्युब, विकिपिडिया लगायतका इन्टरनेट वेभसाइटहरु समेत प्रभावकारी माध्यम हुन सक्छन् । अभिभावकहरुले पनि बुझ्नुपर्छ कि औपचारिक शिक्षा भन्दा पनि प्रयोगात्मक ज्ञान, अनुभव, नयाँ विकसित प्रविधिको जानकारी र प्रयोग लगायतले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । यी कुराहरुलाई सम्बोधन गर्दै समयानुकुल नयाँ ज्ञान उपलब्ध गराउनको लागि अभिभावकले निकै सक्रियतापूर्वक बालबालिकाहरुलाई काममा संलग्न गराउनुपर्छ ।
घर नै पहिलो पाठशाला भएको कुरालाई मनन गराउँदै सकारात्मक गतिविधिहरुमा संलग्न गराउन, नयाँ कुरा सिकाउन, प्रविधिको उचित प्रयोग गर्न र रचनात्मक बनाउने बारे अभिभावकहरुलाई हामीले अहिले पनि आग्रह गर्दै आएका छौं ।

 शिक्षामा प्रविधिकाे प्रयाेगमा जाेड दिउँ
नेपालमा लकडाउन अझै लामै समय लम्बिने देखिएको छ । यस्तो अवस्थामा शिक्षा क्षेत्रलाई नयाँ तवरले सम्बोधन गर्न आवश्यक हुने महसुस हामीले गरिसकेका छौं । अधिकांश घरपरिवार इन्टरनेटको सञ्जालले जोडिइसकेको अवस्थामा इन्टरनेट तथा मोबाइल एप्सको प्रयोग गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता समेत देखिएको छ ।

(प्रस्तुत सामाग्री हिम रश्मी हाइ स्कुलका प्रिन्सिपल तथा प्याब्सन काठमाडौंका सहसचिव समेत रहनुभएका खड्कासँग कुराकानीको आधारमा तयार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij