२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

आइसोलेशनमा राखिएका व्यक्तिको मृत्यु

आइसोलेशनमा राखिएका व्यक्तिको मृत्यु

नेपालगञ्ज – नेपालगञ्ज मेडिकल कलेजको आइसोलेशनमा राखिएका एकजनाको मृत्यु भएको छ ।  मेडिकल कलेजका डा. रोमन किदवाईका अनुसार, बर्दिया गुलरियाका इसराइल बेहनाको मृत्यु भएको हो । बेहना दमका बिरामी थिए । उनलाई दुई दिनदेखि आइसोलेशनको आइसीयूमा राखिएको थियो । बेहनाको स्वाव परीक्षण भइसकेको थिएन । डा. किदवाईले मृतकको स्वाव परीक्षण गर्न थालेको जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले मृतकको स्वाव परीक्षण र शव कहाँ राख्ने भन्नेबारेमा छलफल भइरहेको बताए । बाँकेका भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा आइसोलेसन कोरोना आशंकितलाई राखिएको छ । अहिलेसम्म भेरीले २३, मेडिकल कलेज नेपालगञ्जले २१ र कोहलपुर १३ वटा स्वाव पठाएकोमा नेगेटिभ आइसकेको छ ।

यी अस्पतालबाट थप १५ वटा स्वाव पठाइएको छ । त्यसमध्येमा ६ वटाको रिपोर्ट नेगेटिभ आइसकेको छ । बाँकेको नतिजा आइसकेको छैन । बाँकेमा अहिलेसम्म कोरोना पोजिटिभ भेटिएको छैन ।

जिल्लामा ३ सय ९९ जनाको आरडीटी जाँच भएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij